back
NMB ad

सेयर बजारले कायम गर्यो नयाँ रेकर्ड, ९ अर्ब बढिको कारोबार

Kumari bank ad

काठमाडौं । सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । बजारले आफ्नो रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड कायम गरेको हो । बजार मापन गर्ने सूचक २५.७१ अंकले बढेर २६५७.६१ बिन्दुमा पुगेको छ । सेयर बजारले यसअघिको २६४०.३५ बिन्दुको रेकर्ड ब्रेक गरेको छ ।

आइतबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स इन्डेक्स ४.३३ अंकले बढेर ४७०.७५ बिन्दुमा रोकिएको छ । २१२ कम्पनीको १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता सेयर ९ अर्ब ६८ लाख ५८ हजार ५५८ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त कम्पनी, निर्जीबन बीमा, जीवन बीमा समूहको उपसूचकमा उछाल आएको छ ।
कारोबार रकमको आधारमा निफ्रा अग्रस्थानमा रहेको छ । निफ्राको ४७ करोड ५६ लाख ९९ हजार ४९९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा अप्पर तामाकोशी र नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।

यो दिन ७ कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । साल्ट टे«डिङ कर्पोरेशन, सपोर्ट माइक्रोफाइनान्स, जलविद्युत लगानी तथा विकास कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७७ चैत २२ आइतवार १६:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...