काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुले होटेल एम्बासडरमा विशेष छुट प्राप्त गर्ने भएका छन् ।
बैंक र काठमाडौंको लैंनचौर स्थित होटेल एम्बासडरबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापश्चात् बैंकका कार्डबाहकहरुले होटेल एम्बासडरको सेवा सुविधामा विशेष छुट पाउने भएका हुन् । हालसम्म बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
वि.सं.२०७७ चैत २२ आइतवार १८:१३ मा प्रकाशित