back
NMB ad

महासंघ र डेभलपमेण्ट बैंकर्सबीच लघु, घरेलु तथा मझौला उद्योगलाई ऋण सहजीकरण गर्न सम्झौता

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसएमईजहरू) को वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्न सम्झौता भएको छ ।

समझदारीपत्रमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । दुवै संस्थाबीच भएको समझदारी अनुसार एशोसिएसनका सदस्य विकास बैंकहरूलाई लघु, घरेलु साना तथा मझौला उद्योगहरूको माग अनुसार सरल एवं सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीहरूलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी दिन कार्यक्रम संचालन गर्ने उद्देश्य रहेको छ ।

यस्तै उत्पादनमुलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसायको प्रवद्र्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम संचालन गर्ने, उपयुक्त वित्तीय सेवाहरूको छनौट र प्रयोग गर्र्न सक्ने क्षमता विकास गराउने र भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्ने, कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगहरूलाई प्रवाह गरिने कर्जाहरूलाई प्राथमिकतामा राखी प्रविधि मैत्री बनाउने र त्यसका लागि उचित तालिमको व्यवस्था मिलाइने छ ।

महासंघका उपाध्यक्ष श्रेष्ठले एसएमईजले विशेष गरी ऋणको सहज पहु“चमा भोग्दै आएको समस्यालाई यो प्रयासले संवोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान एसएमईजहरूकै भएकाले यो समझदारीले एसमएमईजहरू फस्टाउन विशेष सहयोग पुग्ने बताउनुभयो ।

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने र यो सहकार्य मुलुकभित्र एसएमईजको विकासमा कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो ।

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले लघु, घरेलु साना तथा मझौला व्यवसायको प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतका सेवा प्रवाहमा सहजीकरण गराउने उद्देश्यले डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र महासंघ बीचको सहकार्यलाई परिणाममुखी बनाउने प्रतिवद्धता जनाउनु भयो ।

वि.सं.२०७७ चैत २३ सोमवार १०:१० मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...