काठमाडौं । गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्ने भएको छ । त्यसको लागि नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट)मा हस्ताक्षर गरेको छ ।
सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गर्नु भएको छ ।
अध्यक्ष शेखर गोल्छाका अनुसार यो आयोजना ३ महिना भित्र सम्पन्न गरिने छ । यसको अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने उहाँले जानकारी दिनुभयो ।
वि.सं.२०७७ चैत २३ सोमवार १०:२६ मा प्रकाशित