back
NMB ad

एशोसिएट सचिवमा रामेश्वर कार्की नै किन ? श्रमजीवीको हितमा काम गर्न यस्ता छन् योजना

Kumari bank ad

काठमाडौं । नेपाल पत्रकार महासंघमा चुनावी माहोल धेरै नै बढेको छ । भोली ९चैत २५० महासंघको निर्वाचन हुने भएको छ । निर्वाचनले नयाँ कार्यसमितिले चयन गर्दैछ ।

२५ गते केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लाकोे निर्वाचन एकै पटक हुन लागेको हो । यो निर्वाचनमा करिब १३ हजार १२२ जना मतदाताले एकै पटक मतदानमा सहभागी हुन पाउने छन् । केन्द्रीय समितिको ४९ पदाधिकारीका लागि विभिन्न व्यक्तिले विभिन्न समूह बनाएर उमेद्वारी दिएका छन् । अर्थतन्त्र डटकमका सम्पादक रामेश्वर कार्कीले एशोसिएट  तर्फको सचिव पदमा उमेद्वारी दिनुभएको छ ।

पत्रकारिता यात्रा र आवद्धता

कार्की २०६२/६३ सालको जनआन्दोलनदेखि पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएको हो । उहाँले रेडियो पालुङ धादिङबाट पत्रकारिताको सुरुवात गर्नुभएको हो । उहाँ सुरुमा रेडियो पालुङमा आवद्ध हुनु भयो ।

रेडियोपछि उहाँले धादिङ आवाज साप्ताहिकमा काम गर्नु भयो । हाल यो पत्रिका दैनिक भएको छ । उहाँसग ग्रामिण पत्रकारीताको पनि राम्रो अनुभव छ । ग्रामिण पत्रकारितालाई उच्च प्राथमिकतामा राखेर धादिङमा प्रकाशित हुने हाइवे साप्ताहिकको प्रकाशन र सम्पादनको रुपमा काम गरिसक्नु भएको छ ।

जिल्लामा रहेर पनि राष्ट्रिय पत्रकारितामा जोडिने क्रममा उहाँ नयाँ पत्रिका दैनिकको स्थापनाकालमा नै आवद्ध हुनुभयो । त्यो सँगै एभिन्यूज टिभी, नागरिक दैनिक पत्रिका, नागरिक न्युज डटकममा लामो समय काम गरेको अनुभव रहेको छ । पत्रकारितालाई निरन्तरता दिने क्रममा उहाँ २०७२ पछि राजधानी प्रवेश गर्नुभयो । उहाँले विज्ञान प्रविधिमा विश्व अगाडि बढेसँगै पत्रकारितालाई अनलाइन मार्फत संचालन गर्नका लागि अर्थतन्त्र डटकम आर्थिक न्युज पोर्टल संचालन गर्नुभयो ।

अनलाइन पत्रकारितालाई व्यवसायिक रुपमा संचालन गरिरहँदा पनि गोरखापत्र, हिमाल, कान्तिपुर, अन्नपूर्ण लगायतका राष्ट्रिय पत्रिकामा लेख रचना तथा समसामयिक घटनाक्रमका विषयमा निरन्तर कलम चलाउँदै आउनु भएको छ ।

सांगठनिक यात्रा

उहाँ २०६५ सालमा नेपाल पत्रकार महासंघ धादिङ शाखाको सदस्य हुनुभयो । एक कार्यकाल सदस्य भएपछि दुई पटकसम्म केन्द्रिय पार्सदको रुपमा रहनुभयो । प्रेस चौतारी धादिङको सदस्य, कोषाध्यक्ष र अध्यक्ष, अंचल कमिटी सदस्यदेखि केन्द्रिय सदस्य समेत भइसक्नुभएको छ ।

नतिजामुखी काम गर्न रुचाउने कार्की हालसम्म नेतृत्व गर्दै आएका हरेक संघ÷संगठनहरु सफलता पूर्वक कार्य सम्पन्न गर्नु भएको छ । कुशल कार्यशैली र स्वभावका कारण विगतमा नेतृत्व गरेको हरेक संघ÷संस्था संगठनहरुमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ ।

जित्ने आधार र योजना

पत्रकारिता यात्रामा कमाएका मित्रहरु आफ्नो जित्ने बलियो आधार भएको उहाँको भनाइ छ । व्यवसायिक पत्रकारितालाई अगाडि बढाउन र विकास गर्नका लागि निरन्तर उहाँ लागि रहनुभएको छ ।

प्रेस स्वतन्त्रताको आन्दोलनको उच्च भुमिकामा रहेर समग्र पत्रकारिता क्षेत्रमा भएका समस्या र सवालमा पनि दृढता पूर्वक लागि रहनुभएको छ । श्रमजीवि पत्रकारहरुको हक हितका लागि लडिरहेको र निरन्तर लड्ने प्रतिवद्धता उहाँको रहेको छ ।

स्वरोजगार मूलक मिडियाको संरक्षण र प्रवद्र्धनका निम्ति लागिरहेको, यो क्षेत्रमा रहेका वर्गीय विभेदको अन्त्य गर्न, मोफुसलका एजेण्डालाई बलियो बनाएर लैजानका लागि, श्रमजीवि ऐन कार्यान्वयन गर्न, विज्ञापन बोर्डलाई व्यवस्थित ढंगले संचालन गर्न, पेशागत सुरक्षाका निम्ति काम गर्ने कार्कीकोे प्रतिवद्धता रहेको छ ।

आफु पनि मोफसलबाट काम गरेर आएको हुनाले ग्रामिण पत्रकारिता र त्यहाँको समस्या बुझेको भएर त्यो समस्या समाधान गर्न सदैव प्रयत्न गर्ने उहाँको भनाइ छ । उहाँले बिट पत्रकारितालाई उच्च प्राथमिकता राख्नु भएको छ । पत्रकारको लागि आवश्यक पर्ने तालिम, प्रशिक्षण, क्षमता अभिवृद्धि लगायतका कार्य संचालन गर्ने उहाँको योजना रहेको छ ।

फ्रन्टलाईन काम गर्नेहरुको समस्या, सुरक्षा र कल्याणकारी कोष लगायतलाई पुरा गर्ने उहाँको मुख्य एजेण्डा रहेको छ । कोभिडको समयमा धेरै पत्रकारहरुमा आ–आफ्नै खालका समस्या देखिए । त्यो समस्या समाधान गर्नको लागि मेरो पहल रहने छ ।

महासंघ विधि विधान, नीति नियममा रहेर काम गर्ने संस्था हो । एशोसिएट संस्थालाई अझै मजबुत बनाउने प्रवद्र्धन गराउन, विषय विज्ञतासहित पत्रकारितालाई व्यवसायिक रुपमा अगाडि लैजानका लागि तालिम, क्षमता अभिवृद्धिमा विशेष जोड उहाँको छ ।

पत्रकारितामा गहिराइमा पुगेर रिपोटिङ गर्ने हिसाबले, विषय विज्ञताको हिसाबले जानुपर्छ भनेर त्यसैलाई प्राथमिकतामा राखेर तालिम, क्षमता अभिवृद्धिलाई आफ्नो विशेष जोड हुने उहाँको भनाइ छ ।
सदैव अग्रमोर्चामा रहेर काम गर्ने पत्रकारको लागि क्षमता अभिवृद्धि, स्वास्थ्य, बीमाको विषयलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँको प्रतिबद्धता रहेको छ ।

पत्रकारिता पेशमा बौद्धिक वर्ग रहेको, नागरिक आन्दोलनको अग्रणी संस्था भएकोले महासंघ सधै व्यवस्थित,मर्यादित हुनैपर्छ । मर्यादित र व्यवस्थित हुँदा हुँदै पनि आचार संहितालाई पूर्ण रुपमा पालना गरेर अघि बढनुपर्ने र त्यसको लागि योजनाबद्ध रुपमा काम गर्ने उहाँको योजना छ । यदाकदा देखिने फरक खालका गतिविधिलाई निरुत्साहन गर्दै क्षमता अभिवृद्धि गरेर उनीहरुलाई तालिम लगायतको व्यवस्था गरेर मर्यादित पत्रकारिता गर्नुपर्छ भन्ने आफ्नो लक्ष्य रहेको बताउनु भयो ।

धेरै बोल्ने भन्दा पनि काम गरेर परिणाम देखिएपछि मात्रै बोल्नु राम्रो हुने भएकोले अहिले बोल्ने भन्दा पनि काम गर्नको लागि योजना निर्माण भइरहेको जानकारी गराउनु भयो । आफू महासंघको एसोशिएट सचिवमा निर्वाचित भएको खण्डमा धेरै काम गरेर देखाउने र त्यसको लागि योजना समेत तयार पारेको कार्कीको भनाई छ । आफू निर्वाचित भएको खण्डमा सबैलाई फरक अुनभुती हुने गरी काम गर्ने कार्कीको प्रतिद्धता रहेको छ ।

उहाँले धादिङ आजाव साप्ताहीक बाट उत्कृष्ठ संवादाताको रुपमा सम्मान पाउनु भएको छ । यस्तै क्षेत्रिय शिक्षा पुरस्कार पाउनुका साथै सन् २०१६ मा नाट्टा मिडिया अवार्ड बाट सम्मानित हुनु भएको छ ।
उहाँ नेपाल पर्यटन पत्रकार मञ्चको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहनु भएको छ । उहाँले मञ्चबाट एशोसिएटमा प्रतिनिधित्व गर्नुभएको छ ।

वि.सं.२०७७ चैत २४ मंगलवार ११:२७ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...