back
NMB ad

अझै अर्थमा बजेट माग्नेको भिड, मन्त्रीको जवाफः यो जाडोको सिरक जस्तो हो तानतुन पारेर चलाऔँ

Kumari bank ad
सोभित थपलिया

काठमाडौँ । तीन वर्ष अघिदेखि नै देश सङ्घीयतामा आएको र सिंहदरबार गाउँ गाउँमा पुग्यो भनियो । तर हरेक वर्ष बजेट बन्ने बेलामा भने सिंहदरबार अझै गाउँ गाउँमा नपुगेको भान हुने गरेको छ । यो दृश्य अहिले पनि सिंहदरबारमा कायमै छ ।

सङ्घीयता कार्यान्वयनमा आउनु भन्दा पहिला देश भरी कहाँ कति बजेट विनियोजन गर्ने भन्ने निर्णय सिंहदरबारबाट हुने गरेको थियो । सङ्घीयता आएपछि सिंहदरबारको अधिकार गाउँ गाउँमा पुग्यो भनिए पनि त्यो व्यवहारमा लागु हुन सकेको छैन । त्यो दृश्य अहिले दैनिक रूपमा दिनको २ देखि ४ बजे अर्थ मन्त्रालयमा देख्न सकिन्छ । अहिले पनि बजेट माग्नको लागि अर्थ मन्त्रालयमा आउनेको भिड लाग्ने गरेको छ । विगत तीन वर्षयता सङ्घ, प्रदेश र स्थानीय सरकारले बजेट बनाउने गरेका छन् ।

अधिकार विकेन्द्रीकरण भयो भने पनि अझै नेता, सांसद सिंहदरबार धाउन छोडेको छैनन् । अहिले पनि दैनिक सयको हाराहारीमा नेता तथा सांसदहरू आफ्नो निर्वाचन क्षेत्रका योजना बजेट पारिदिनु पर्‍यो भन्दै अर्थ मन्त्रीलाई भेट्न भिड लाग्ने गरेका छन् ।

मन्त्रालय स्रोतका अनुसार अझै पनि राजनीतिक पहुँच तथा दबाबकै आधारमा बजेट माग्न आउने नेता तथा सांसदको कमी छैन । गत वर्षको तुलनामा यो वर्ष योजनालाई बजेट पारिदिनु पर्‍यो भन्दै आउनेको भिड बढेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार अघिल्ला वर्षमा गैह्र राजनीतिक व्यक्ति अर्थमन्त्री भएको, नेता तथा सांसदको भावना नबुझ्ने गरेका कारण योजना पारिदिन आउनेको भिड कम हुने गरेको थियो । तर अहिलेका अर्थमन्त्री विष्णु प्रसाद पौडेल राजनीतिक व्यक्ति भएको, जनभावना बुझ्ने भएका कारण धेरैले आशा बोकेर मन्त्रालयमा धाउने गरेका छन् । नेता तथा सांसदले योजना माग्न अर्थ मन्त्रालयमा नै आएर सङ्घीयताको उपहास गरिरहेको जानकारहरूको तर्क छ ।

नेता तथा सांसदहरूले सङ्घीयता मान्ने हो भने आफ्नो क्षेत्रलाई चाहिने कार्यक्रम सम्बन्धित मन्त्रालयसँग माग गर्नुपर्ने हो । तलबाट आएका कार्यक्रमलाई सम्बन्धित मन्त्रालयले मन्त्रालयगत बजेटरी सूचना प्रणाली (एलएमबीआइएस) मा प्रविष्ट गराउनुपर्छ । त्यसपछि आवश्यकताको आधारमा उक्त कार्यक्रमलाई बजेटमा समावेश गरिन्छ । तर अहिले नेता, सांसद सम्बन्धित मन्त्रालयमा कार्यक्रम तथा योजना माग्ने र अर्थ मन्त्रीलाई पनि सम्झाउन जाने गरेका छन् ।

मन्त्री पौडेलका स्वकीय सचिव यम पाण्डेका अनुसार अहिले दैनिक २ देखि ४ बजेसम्म मन्त्रालयमा मन्त्रीसँग भेटघाटको लागि समय छुटाइएको । दुई घण्टामा योजना माग्न विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता आउने गरेका छन् ।

साथै बजेटमा समावेश गर्नका लागि निजी क्षेत्रले पनि सुझाव दिन आउने गरेका छन् । तर अहिले राजनीतिक दलका व्यक्तिहरू बढी आउने गरेका छन् । पाण्डेका अनुसार कुनै दिन त १०० जनाको हाराहारीमा मन्त्रीसँग योजना माग्न आउने गरेका छन् ।

मन्त्रालयमा पुग्ने नेता, सांसद, जनप्रतिनिधिले मन्त्री पौडेललाई सिधै योजना नमाग्ने तर मैले यस्तो योजना सम्बन्धित मन्त्रालयलाई भनेको छु, हजुरले यसो हेरिदिनु पर्‍यो है हजुर भन्नेको भिड लाग्ने गरेको छ । अहिले आउनेहरूले सिधै बजेट माग्ने भन्दा पनि सम्बन्धित मन्त्रालयमा योजना पठाएका छौँ, हजुरले यसो हेरिदिनुपर्‍यो है हजुर भन्नेको भिड बढेको हो ।

बजेटमा योजना पारिदिनु भन्नेलाई मन्त्री पौडेलले आगामी आवको बजेट जाडो मौसममा धेरै जनाले ओढ्ने छोटो सिरक जस्तो भएको प्रतिक्रिया दिने गर्नु भएको छ । उहाँले जाडो बेलामा धेरैले जनाले छोडो सिरक ओढेको र यता ताने उता नपुग्ने, उता ताने यता नपुग्ने भएकोले सबैले तानतुन पारेर आवश्यकताको आधारमा काम चलाउनु पर्ने जवाफ दिँदै आउनु भएको छ ।

आगामी आवको बजेट कोरोनाले पारेको प्रभावलाई न्यूनीकरणमा बढी फोकस हुने भएकाले अन्य क्षेत्रमा तानतुन पारेर चलाउनु पर्ने भएकोले यसलाई चिसोको सिरकको रूपमा चित्रण गर्नु भएको छ । आगामी आवमा कार्यान्वयनमा जाने आयोजना तथा कार्यक्रममा मात्रै बजेट विनियोजन हुने बताउँदै आउनु भएको छ । उहाँले मन्त्रालयहरूलाई पनि कार्यान्वयनमा जाने आयोजनाका लागि मात्रै बजेट प्रस्ताव गर्न सुझाव दिनु भएको छ ।

आगामी आव २०७८-७९ को बजेट निर्माणमा लागेको अर्थ मन्त्रालयले सरोकारवाला निकायलाई वैशाख ५ गतेसम्म बजेट तथा कार्यक्रमको लागि सुझाव मागिरहेको छ । मन्त्रालयले बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमहरू वैशाख ५ गतेसम्म उपलब्ध गराउन विभिन्न सङ्घ संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी लगायतलाई सुझाव पेस गर्न भनेको छ । तर नेताहरू भने हरेक दिन २ देखि ४ बजे अर्थ मन्त्रालयमा धाउने गरेका छन् ।

अहिले मन्त्रालयका विभिन्न ५ वटा महाशाखा प्रमुखको समूह आगामी आवको बजेट निर्माणमा तीव्र रूपमा जुटेको छ । यसको संयोजन आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख सह–सचिव डा. रामप्रसाद घिमिरे हुनुहुन्छ । डा. घिमिरेका साथै बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सह–सचिव धनिराम शर्मा, राजस्व व्यवस्थापन महाशाखा प्रमुख सह–सचिव रामेश्वर दंगाल, वैदेशिक सहायता महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपाल र योजना, मूल्यांकन तथा अनुगमन महाशाखा प्रमुख सह–सचिव सुमन दाहाल रहनु भएको छ ।

वि.सं.२०७७ चैत २४ मंगलवार १६:५५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...