back
NMB ad

रियलमीद्वारा नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण

Kumari bank ad

काठमाडौं । छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा तीव्र बजार विस्तार गरेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ ।

रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीयअनुभवमाआधारित रहिसंयुक्त रुपमा टीयुभी रियनल्याण्ड उच्चविश्वसनीय गुणस्तरको स्मार्टफोन प्रमाणपत्र निर्धारण गरेको हो । उक्त प्रमाणपत्रपाउने पहिलो मोबाइलफोन रियलमी सी २१/२५ बनेको छ ।

रियलमीले टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड मानकनिर्धारण

रियलमीले टीयुभी रियनल्याण्डसँग गुणस्तर नियन्त्रण प्रक्रियालाई उपल्लो चरणमा पुगाउने उद्देश्यका साथ उच्च विश्वसनीय प्रमाणपत्रका लागिका माग गरिरहेको छ । रियलमी नै उच्च विश्वसनीय टीयुभी रियनल्याण्ड प्रमाणपत्र पाउने विश्वको पहिलो स्मार्टफोन ब्राण्ड बनेको छ । यसले गुणस्तर स्टान्डर्ड मानक निर्धारणका लागि गुणस्तर नियन्त्रण र सबै स्मार्टफोनको पूर्ण परिक्षण गर्दछ ।

टीयुभी रियनल्याण्ड गुणस्तर प्रमाणपत्र

रियलमी र टीयुभी रियनल्याण्ड कम्पनीले संयुक्त रुपमा ८ महिनासम्म विस्तृत अध्ययन गरेपश्चात् टीयुभी रियनल्याण्ड उच्च विश्वसनीय स्मार्टफोन प्रमाणपत्रका रुपमा निर्धारण गरेको हो, जसले विश्वका ठूला स्मार्टफोन उद्योगमा गुणस्तर मानकको रुपमा काम गर्ने प्रक्षेपण गरिएको छ ।

टीयुभी रियनल्याण्ड उच्च गुणस्तरीय स्मार्टफोन प्रमाणपत्रले स्मार्टफोनका मुख्य २३ वटा जाँचको प्रक्रिया समेत्दछ, जसअन्तर्गत १० परीक्षण दैनिक प्रयोग परिस्थितिहरु जस्तै खस्ने, टिकाउपन र टुटफुट सहित तापक्रम, आद्रता, भोल्टेज उतारचढाव, हावाको चाप, बटन लाइफ, स्थिर बिजुली गरी ७ चरम वातावरणीय परिदृश्यहरुमा आधारित परिक्षण र ६ वटा पुर्जाको विश्वसनीयतामा आधारित परिक्षण हुन्छन् ।

निकट भविष्यमा पूर्ण स्वचालित स्मार्ट कारखानाको लक्ष्य

उच्च गुणस्तरीय उत्पादनका लागि प्रमुख विशेषता स्थिरता हो । रियलमीले निकट भविष्यमै पूर्ण स्वचालित स्मार्ट कारखानाको लक्ष्य राखि सोहीअनुसार लगानी गरिरहेको छ । यसबाट स्मार्टफोनको जटिल उत्पादन प्रक्रियाको दक्षता र शुद्धतामा सुधार गर्न सकिने विश्वास कम्पनीको छ ।

एउटा उदाहरण स्वरुप एसएमटी उत्पादनलाइनमा स्वचातिलउत्पादनहुने गर्छ,जहाँउक्त यन्त्रबाट पीसीबीमदर बोर्डमा पुर्जाहरु आफै जिम्मेदारी पूर्वक जडान गरिन्छ ।

तत्काल सञ्चालनमाआइरहेको उक्त उद्योगको स्वचालन दर ८७.५  प्रतिशतसम्म रहेको छ, जुन कम्पनीको उद्योग स्टान्डर्ड भन्दा उच्चहो । वर्तमानमा रियलमीको उक्त स्वचालित स्मार्ट कारखानाले प्रतिवर्ष ६ करोड उपकरणहरुको उत्पादन गर्दै आएको छ ।

उच्च गुणस्तरीय डिजाइन

रियलमी उच्च गुणस्तरीय उत्पादनमा विश्वास गर्दछ, जसकारण हो शुरुवाती दिनदेखि हालसम्म कम्पनीले डिजाइनलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेको छैन । धेरैले विश्वास गरिसकेको कुरा हो कि रियलमी नै ट्रेन्डसेटिङ डिजाइन निर्माता कम्पनीका रुपमा स्थापित भइसकेको छ, रियलमीले यसका लागि उत्कृष्ट र नयाँ प्रविधिको प्रयोग गर्दै आएको छ ।

रियलमीले एकैसाथ गुणस्तर प्राथमिकताका साथ ट्रेन्डसेटिङ डिजाइन निर्माणलाई जोड दिने गरेको छ । रियलमीकुनै उत्पादनको डिजाइनमा कामगरिरहँदाविशेष प्राथमिकताका साथकामगर्दछ । रियलमीका हरेक उत्पादन ट्रेन्डसेटिङ डिजाइनका रुपमा  बजारमा पुगुन् र नयाँ प्रविधिका साथ उत्कृष्ट गुणस्तरका रुपमा काम गरिरहेकोमा विश्वस्त पार्दछ ।

गुणस्तर नियन्त्रक टोलीसँगखराब उत्पादन अस्वीकार गर्न सक्ने विशेषाधिकार

कारखानामा स्मार्टफोन डिजाइन गर्ने प्रक्रियाकाक्रममा डिजाइन, विकास र परिक्षण सहितका विभिन्न ६ वटा चरण हुन्छन् । उक्त हरेक चरणमा उत्पादनकोे गुणस्तरीयता जाँचका लागि गुणस्तर नियन्त्रक टोलीको उपस्थिति रहने गरेको छ ।

कुनै पनि समयमायदि गुणस्तर मापदण्डसँग नमिलेमाउक्त टोलीसँग सिधै उत्पादन अस्वीकार गर्ने विशेष अधिकार रहेको हुन्छ । उक्त समूहले अस्वीकार गरेपछि उत्पादन पुन नयाँ डिजाइन अनुरुप गर्नुपर्ने हुन्छ ।

डिजिटल प्रयोगकालागि गुणस्तरीय डिजाइन

युवापिढीको प्रयोग विधि जस्तै यात्रा र कठोर बाह्य खेलकुदलगायतका परिदृश्यलाई प्राथमिकताका साथमध्यनजर गर्दै रियलमीलेवातावरणीय अवस्थाअन्तरगतथुपै्र कडा परिक्षणहरु गर्ने गरेको छ ।

स्केटबोडिङ र पार्कआवर जस्ता लोकप्रियबाह्य खेलमाफोन खस्ने दुर्घटनाक्रमप्रतिरोध गर्न मोबाइलफोन १।८ मिटरसम्मको उचाइबाट खस्दा विभिन्न साइडबाट सुरक्षाकालागिविशेष आक्रामकजाँचहरु गरिएको छ ।

यात्राअन्तरगतबाह्यवातावरणीय तापक्रममाइन्स ४० डिग्री सेल्सियसदेखि ७५ डिग्री सेल्सियससम्मपनि रियलमीको उत्पादनको क्षमतामाकुनै ह्रास नआई चलीरहन्छ ।

वि.सं.२०७७ चैत ३० सोमवार ११:१७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...