back
NMB ad

वैशाख ६ देखि साढे ५२ करोड हकप्रद सेयर निष्काशन हुने

Kumari bank ad

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख ६ गतेदेखि १ः०.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक मुक्तीनाथ क्यापिटल जनाएको छ ।

कम्पनीले हकप्रद सेयर निष्काशन गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति समेत पाइसकेको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएपछि चैत ९ गते नै बुक क्लोज गरेको छ । ८ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै यो हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । उक्त हकप्रद सेयरमा वैशाख ६ देखि २६ गतेसम्म आवेदन दिन पाउने छन् ।

हकप्रद सेयरमा आवेदन दिँन धितोपत्र बोर्डबाट सि-आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइने छ भने मेरो सेयरबाट पनि आवेदन दिन सकिन्छ ।

यस्तै मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका साथै मुक्तिनाथ विकास बैंकको पोखरा,इलाम, इटहरी, नारायणगढ, सुर्खेत, जनकपुर, नेपालगंज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

हाल यसको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।

वि.सं.२०७८ वैशाख ४ शनिवार १३:१८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...