back
NMB ad

जेठ अन्तिममा महासंघले नयाँ नेतृत्व पाउने, महिला उद्यमी सम्मेलन हुँदै

Kumari bank ad

काठमाडौं । जेठ तेस्रो साता नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन हुने भएको छ ।

महासंघको केन्द्रिय कार्यसमितिको ११ औं बैठकले आगाामी जेठ २४, २५ र २६ गते २५ औं महाधिवेशन तथा २२ औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले त्यसभन्दा अगाडि प्रदेश सम्मेलन, ७७ वटै जिल्लामा अधिवेशन पनि सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गर्ने छ । बैंठकमा महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले महासंघको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सत्यनारायण प्रजापतिले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

विगतमा भएका केन्द्रिय सचिवालय समिति बैठकका निर्णयहरूको जानकारी र कार्यव्यवस्थापन समिति बैठकका निर्णयहरुको बैठकले अनुमोदन गरेको थियो ।

महाधिवेशनका लागि समान प्रकृतिका संघसंस्थासँग एकीकरणका सम्बन्धमा बैठकले निर्णय गरेको थियो । महासंघले नेपाल नवीकरणीय उर्जा परिसंघसँग एकिकरणका सन्दर्भमा प्रक्रिया अगाडि बढाएको छ ।

परिसंघ नेपालमा नवीकरण उर्जा प्रविधि विकास र विस्तारमा लागि क्रियाशील रहेका निजी क्षेत्रका कम्पनीहरु र फर्महरुको छाता संगठन र गैरसरकारी संस्थाहरुको एकल संस्थाको रुपमा रहेको गैरनाफामूलक गैरसरकारी संस्था हो ।

बैठकमा परिसंघका अध्यक्ष गुणराज ढकालले महासंघसँग एकीकरण गर्न गरेको निर्णयसम्बन्धी जानकारीपत्र महासंघका अध्यक्ष श्यामप्रसाद गिरीलाई हस्तान्तरण गर्नुभएको थियो ।

बैठकले महासंघको विद्यमान विधानका केही दफाहरुमा संशोधन गर्ने निर्णय गर्दै संशोधित विधानका विषयमा आगामी वैशाख २५ गते विशेष साधारणसभामार्फत संशोधित विधान पारित गर्ने निणय समेत गरिएको छ ।

वि.सं.२०७८ वैशाख ४ शनिवार १४:२७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...