back
NMB ad

करिब १२ अर्बको हकप्रद सेयर निष्काशन गर्दै यी कम्पनी, कुनको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । विभिन्न तीन कम्पनीले ११ अर्ब ८६ करोड ७० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएका छन् ।

सेयर निष्काशन तथा स्वीकृतिका लागि एचआईडीसीएल, कर्पोरेट डेभलपमेन्ट बैंक र अपी पावर कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा पाइपलाइनमा रहेका छन् ।

सेबोनमा हकप्रद सेयर निष्काशन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका तीन कम्पनीमध्ये सबैभन्दा धरै एचआईडीसीएल रहेको छ । कम्पनीले १ः०१ को अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता सेयर निष्काशनका लागि २०७७ चैत १२ गते सेबोनमा निवदेन पेश गरेको छ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

यस्तै, ०१ः०१.५ को अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि कर्पोरेट डेभलपमेन्ट बैंकले २०७७ पुस २६ गते बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० कित्ता हकप्रद सेयर निष्काशनका लागि अनुमति मागेको छ । कम्पनी सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम भने सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

त्यसैगरि हकप्रद सेयर निष्काशनका लागि अपी पावर कम्पनी पनि पाइपलाइनमा रहेको छ । कम्पनीले १ः०.२९ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता सेयर निष्काशनका लागि २०७७ फागुन ९ गते निवेदन दिएको थियो । यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटलले काम गर्नेछ ।

यी तीन वटै कम्पनीले हकप्रद सेयर नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति पश्चात निष्काशन हुनेछ ।

 

वि.सं.२०७८ वैशाख ७ मंगलवार १६:५७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...