काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । पछिल्लो केही दिन लगातार वृद्धि भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९२ हजार २ सय रुपैयाँ पुगेको छापावाला सुनको मूल्य आज घटेर ९१ हजार ७ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, शुक्रवार चाँदी मूल्य पनि ओरालो लागेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन १३ सय ३५ रुपैयाँ कारोबार भएको थियो ।
वि.सं.२०७८ वैशाख १० शुक्रवार १०:५२ मा प्रकाशित