back
NMB ad

डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाको कुन कम्पनीका सेयरमा कति छ लगानी ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले सम्पती विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले आर्थिक वर्ष २०७७-०७८ चैतको दोस्रो साता आफ्नो सम्पती विवरण सार्वजनिक गर्नुभएको हो ।

उहाँले सार्वजनिक गरेको सम्पती विवरणमा १८ वटा बैंक तथा वित्तीय संस्थामा सेयर लगानी रहेको देखिएको छ । १८ वटै बैंक तथा वित्तीय संस्थामा उहाँको साधारण सेयर रहेको छ । १८ वटा संस्थामा ११ हजार १७० कित्ता सेयर रहेको छ ।

उहाँको सेयर अधिकांश वाणिज्य बैंक, जलविद्युत कम्पनी, फाइनान्स कम्पनीको रहेको छ । प्रकाशित सम्पती विवरणमा उल्लेख भए अनुसार न्यूनतम २० कित्ता देखि अधिकतम २३२० कित्तासम्म रहेको छ । उहाँले सार्वजनिक विवरण अनुसार नीलमका साथै बिष्णु तिम्सीना र अर्थव तिम्सीनाको नाममा रहेको छ ।

विवरणमा उल्लेख भए अनुसार अर्थव तिम्सीनाको नाममा क्रिष्टल फाइनान्सको २० कित्ता सेयर रहेको छ भने सबैभन्दा बढी नीलम, बिष्णु र अर्थव तिम्सीनाको नाममा कृषि विकास बैंकमा साधारण सेयर २३२० कित्ता सेयर रहेको छ । यस्तै एनआईसी एशिया बैंकको साधारण र हकप्रद २४६ कित्ता, सनराइज बैंकको साधारण र हकप्रद गरी १६५२ कित्ता, सिटिजन्स बैंकको साधारण र हकप्रद सेयर ६३८, एभरेष्ट बैंकको प्रिफरेन्स र साधारण सेयर २०÷३२८ कित्ता सेयर रहेको छ ।

यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको सेयर दोस्रो बजारबाट किन्नु भएको छ । बैंकको बोनस सहित १६०४ कित्ता सेयर रहेको छ भने कुमारी बैंकको पनि सेयर दोस्रो बजारबाट किन्नु भएको छ । बैंकको ९९५ कित्ता, अरुण भ्याली हाईड्रोपावरको साधारण सेयर ९९ कित्ता, लक्ष्मी बैंकको साधारण सेयर १३९५, बैंक अफ काठमाण्डूको १४९ कित्ता साधारण सेयर, देव विकास बैंकको ५५ कित्ता साधारण सेयर, एनएमबी बैंकको सेयर दोस्रो बजारबाट किनेको र हकप्रदसहित ४२१ कित्ता सेयर रहेको छ ।

यस्तै क्रिस्टल फाइनान्सको २०, ग्लोबल आईएमई बैंकको १०२, ज्योती विकास बैंकको ४५०, लजविद्युत लगानी कोषको ३६२, अरुण कावेली पावरको १३९ र प्रभु बैंकको १९५ कित्ता साधारण सेयर रहेको छ । उहाँले यो सेयर पारिश्रमिक, बोनस तथा ऋण लिएर सेयर किनेको बताउनु भएको छ ।

उहाँले प्रकाशित गरेको वित्तिय विवरणका अनुसार एक-एक मोटरसाइकल र कार, ४५ तोला सुनका गहना र ५० तोला चाँदी रहेको छ । उहाँका अनुसार विभिन्न बैंकमा मुद्दती खातामा रकम बचत रहेको छ ।

वि.सं.२०७८ वैशाख ११ शनिवार १४:२० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...