काठमाडौं । बुधवार सेयर बजार १३.७९ अंकले घटेको छ । आज बजार परिसुचक पनि २ हजा ५८५.२८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
उक्त व्यापार समूह, उत्पादन तथा प्रसोधन बढेको छ भने अन्य सबै समूह राताम्मे बनेका छन् । अघिल्लो दिनको तुलनमा कारोबार रकम पनि घटेको छ । ५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज घटेर ३ अर्ब ९८ करोडको हाराहारीमा कारोबार भएको छ ।
आज बैंकिङ् १४.०८ अंक, होटेल तथा पर्यटन १९.३२ अंक, डेभलपमेन्ट बैंक २४.१, जलविद्युत १८.८९, फाइनान्स १५.५३ , निर्जीबन १०४.८४, माइक्रोफाइनान्स ४६.४३ अंक, जीबन बीमा १४९.११, म्युचुअल फण्ड ०.०१ र लगानी समूह ०.१ अंकले घटेको छ ।
आज एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको आज २८ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
वि.सं.२०७८ वैशाख १५ बुधवार १५:०८ मा प्रकाशित