back
NMB ad

सांग्रिला डेभलपमेन्ट बैंक कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान

Kumari bank ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले डिजिटल लिड डिस्प्ले जडान गरी बोर्डमार्फत समेत सन्देश प्रवाह गर्न शुरु गरेको छ ।

बैंक तथा ग्राहकको सम्बन्धलाई अझै प्रगाढ गर्ने तथा यस बैंकबाट प्रवाह भएका तथा भविष्यमा आउने नौलो तथा नविनतम् सेवाहरुको जानकारी गराउने र डिजिटल बैंकिङ्गलाई प्रवद्र्धन गर्ने उद्देश्यले २३६ व.फि.को डिजिटल लिड डिस्प्ले बोर्ड बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा जडान गरिएको हो ।

उक्त डिस्प्ले बोर्डले बाटोमा हिँड्ने सर्वसाधारणलाई समेत बैंकको विभिन्न प्रडक्ट, वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्व सम्वन्धी जनचेतनामुलक सन्देश सम्बन्धी जानकारी हुने विश्वास बैंकले लिएको छ । यस किसिमको प्रविधिको जडानले डिजिटल बैंकिङ्गलाई थप टेवा पुग्ने आशा गरिएको छ ।

बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा यस किसिमको डिजिटल लिड डिस्प्ले जडान गर्ने कार्यको शुरुवात गरी सर्वसाधारणलाई बैंकको विभिन्न प्रोडक्ट, सूचना, वित्तीय जनचेतना सम्बन्धी जानकारी तथा अन्य जानकारीहरु दिन थालिएको बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल ९५ वटा शाखा कार्यालयहरु तथा ३१ स्थानमा एटीएममार्फत ३ लाख हाराहारीका ग्राहकहरुलाई स्तरीय बैंकिङ्ग सेवा दिंदै आइरहेको जानकारी गराउन चाहन्छौं ।

सोही क्रममा हालको कोरोना भाइरसको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै हाम्रा ग्राहक महानुभावहरुको बैंकिङ्ग सेवालाई अझ प्रभावकारी तथा निरन्तरता प्रदान गर्न विगतमा झै यस बैंकले डिजिटल बैंकिङको स्तरोन्नति गर्दै अब्बल सेवा प्रदान गर्ने जानकारी गराउँदछौं ।

वि.सं.२०७८ वैशाख १६ बिहीवार १८:०८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...