back
NMB ad

छोटो समयमै लगानीकर्ता मालामाल बनाएको महिला लघुवित्तको नाफा ११२ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्ता सार्वजनिक गरेको छ ।

संस्थाले यो अवधिमा ६ करोड ४२ लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा
११२.५४ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा ३ करोड २ लाख २५ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारसँगै नाफामा बढोत्तरी देखिएको छ । संस्थाको खुद ब्याज आम्दानी १६ करोड ५ लाख ६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७ करोड ९२ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

१० करोड रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १९ करोड १८ लाख ३९ हजार रुपैयाँ रहेको छ । यो अवधिमा संस्थाले ८६ करोड २८ लाख ६४ हजार निक्षेप संकलन गरेको संस्थाले ३ अर्ब १८ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो अवधिमा कम्पनीको खराब कर्जा २.५३ प्रतिशतबाट घटेर २.२५ प्रतिशतमा झरेको छ ।संस्थाको प्रतिसेयर आम्दानी ८५ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ २९१ रुपैयाँ ८४ पैसा रहेको छ ।

२०७७ माघमा सर्वसाधारणलाई आईपीओ जारी गरी चैत ३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीको छोटो अवधिभित्रै सेयरमूल्यमा निरन्तर उछाल आएको छ । कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धिभई प्रतिकित्ता ३ हजार १२५ पुगेको छ ।

 

 

वि.सं.२०७८ वैशाख १९ आइतवार ११:४१ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...