back
NMB ad

विकास बैंकलाई एशोसियसनको १२ बुँदे निर्देशन

Kumari bank ad

काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड्-१९) को दोस्रो लहर फैलिएसँगै डेभलपमेन्ट बैंकर्स एशोसियसनले सदस्य बैंकहरुलाई १२ बुँदे निर्देशनात्मक सुझाव दिएको छ ।

कोरोनाको विषम परिस्थितिमा बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकह्ररुलाई सेवा प्रदान गर्न चुनौति थपेको स्मरण गराएको छ । अहिलेको निषेधात्मक आदेशको अनुपालना गर्दै र आवश्यक सजगता अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्नका लागि एशोसियसनसँग सम्बद्ध सदस्य बैंकहरु हरसंभव प्रयासरत रहेका पनि जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकले विशेष निर्देशन समेत दिएको र उक्त निर्देशन समेतलाई मध्ये नजर गर्दै एशोसियसनका सदस्य बिकास बैंकहरुले आफ्ना ग्राहकको सेवा प्रदान गर्नका लागि एशोसियसनको कार्य समितिले विभिन्न सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

एशोसियसनको निर्देशनात्मक सुझाव सहितको प्रतिबद्धतामा

नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनको अक्षरश पालना गर्ने र कर्मचारी तथा ग्राहकहरुको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई कोभिड्को असर पर्न नदिनका लागि संभव भए सम्मका उपाएहरुको अवलम्बन गर्ने रहेको छ ।

यस्तै निषेधाज्ञा जारी भएका स्थानमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रही सेवा प्रदान गर्नका लागि प्रत्येक सदस्य बैंकले योजना बनाउने र उक्त योजना सदस्य बैंकहरु बीच समन्वयताका लागि आदान प्रदान गर्ने,

सेवा प्रदान गर्न खोलिने शाखा÷बैकल्पिक शाखाहरुको सूची बैंकिङ् समय समेत उल्लेख गरी प्रत्येक दिन बैंकको वेभसाइट र शाखाका मूल ढोकामा प्रकाशित गर्ने व्यवस्था मिलाउने,

स्थानीय प्रशासनले बैंकिङ् सेवा समेत प्रवाह गर्न रोक लगाएको वा बैकल्पिक व्यवस्था गरेको भएमा सोही अनुसार गर्ने,

स्थानीय प्रशासन र अन्य निकायहरुसंग आवश्यक समन्वयको व्यवस्था मिलाउने,

प्रत्येक सदस्य बैंकले प्रधान कार्यालयमा र शाखाहरुमा ग्राहकबाट लिइने जानकारी प्रदान गर्न र समन्वय गर्नका लागि सम्पर्क व्यक्ति तोकी उक्त सम्पर्क व्यक्तिको फोन नं. र इमेल आइडी बैंकको वेभसाइटमा प्रकाशित गर्ने,

सदस्य बैंकले प्रधान कार्यालयमा २ जना वरिष्ठ पदाधिकारीहरुलाई सम्पर्क व्यक्ति तोकी उक्त पदाधिकारीहरुको नाम, मोवाइल नं., इमेल आइडी आदि एसोसियसनको सचिवालयलाई उपलब्ध गराउने,

एशोसियसनको माध्यमबाट पहल गरी समाधान गर्नु पर्ने किसिमका कुनै समस्या आएमा अध्यक्ष÷उपाध्यक्ष÷अन्य कार्यसमिति पदाधिकारी वा सचिवालयमा यथाशिघ्र जानकारी गराउने,

डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार गर्न ग्राहकहरुलाई उत्प्रेरित गर्ने र उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट सो सम्बन्धी जानकारी ग्राहकलाई गराउने ।

डिजिटल बैंकिङ् प्रडक्टहरुबाट गरिने बैंकिङ् कारोवारका प्रकृयाहरु र अपनाउनु पर्ने साबधानीका बारेमा पनि ग्राहकहरुलाई उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट जानकारी गराउने,

 डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार कारोवार गर्दा जोखिम पनि बढ्ने भएकाले जोखिम न्यूनिकरणका उपायहरु अवलम्बन गर्ने । जोखिम न्यूनकरण गर्नका लागि सदस्य बैंकहरुले लागू गरेका उत्तम अभ्यासहरु उपलब्ध गराउन मिल्नेसम्मको सीमा भित्र रही जानकारी गराइ एक अर्कालाई सहयोग गर्ने,

अन्य कुराहरुको हकमा नेपाल राष्ट्र बैंकको निर्देशन तथा स्थानीय प्रशासन वा नेपाल सरकारको निर्णय र सम्बन्धित सदस्य बैंकको नीति नियमको परिधि भित्र रहेर कार्य गर्ने रहेको छ ।

एशोसियसनले ग्राहकलाई संभव भएसम्म डिजिटल बैंकिङ् प्रडक्टहरु प्रयोग गर्न र उक्त सेवा नलिनु भएको भए वा उक्त सेवामा कुनै समस्या आएमा सम्बन्धित बैंकको वेभसाइटमा उल्लेख गरिएका सम्पर्क व्यक्तिहरुलाई सम्पर्क गरि बैंकिङ् सेवा लिन एशोसिएसन अनुरोध गरेको छ ।

 

वि.सं.२०७८ वैशाख २० सोमवार ११:१३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...