back
NMB ad

युनाइटेड इन्स्योरेन्सको नाफामा छलाङ : ३३५ प्रतिशतले वृद्धि हुँदा कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चैतमसान्तसम्म ५ करोड २७ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा ३३५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड २१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ८७ करोड ८६ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको साही अवधिको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन ७१ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष कम्पनीले ५१ करोड २१ लाख ७५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

चैतमसान्तसम्म ४० करोड ३३ लाख ७ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत वर्ष १६ करोड ५३ लाख १२ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो । तेस्रो मसान्तसम्ममा भुक्तानी हुन बाँकी रकम ६९ करोड १३ लाख २० हजार रुपैयाँ रहेको छ ।

चुक्तापूँजी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडामा ११ करोड १८ लाख ७२ हजार, बीमा कोष ३३ करोड ३७ लाख ३८ हजार र महा विपत्ती जगेडचामा ६९ लाख १४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा, मूल्य आम्दानी अनुपात १३९.७७ र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ०१ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २४ शुक्रवार १३:३० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...