back
NMB ad

आईपीओ ल्याउने तयारीमा रहेको सिटिजन लाइफको नाफामा सामान्य वृद्धि, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । आईपीओ ल्याउने तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ५७ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

आइतबार कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा सामान्य अर्थात १.२६ प्रतिशतले मात्र बढी हो । गत वर्ष १४ करोड ३९ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

तेस्रो त्रैमासम्म कम्पनीले २ अर्ब ४८ करोड ७४ लाख ९८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन १०९.८० प्रतिशतले बढेको हो । गत वर्ष १ अर्ब १८ करोड ५३ लाख ११ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आवको तेस्रो त्रैमासम्ममा कुल कायम रहेको बीमालेखको संख्या १ लाख ९३ हजार ९७६, कुल जारी बीमालेखको संख्या ६९ हजार ८९४ रहेको छ ।

चैतसमान्तसम्ममा कम्पनीको कुल दावी भुक्तानी रकम ४१ करोड ७१ लाख २७ हजार रुपैयाँ रहेको छ । कुल दावी भुक्तानी संख्या भने ५०२ रहेको छ । चालु आवको तेस्रो त्रैमाससम्म भुक्तानी हुन् बाँकी दावी रकम ४ करोड ११ लाख १७ हजार रुपैयाँ रहेको छ । यो संख्यामा भने ९८ मात्र रहेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । जगेडा तथा कोषमा ७६ करोड ५७ हजार रुपैयाँ रहेको छ । जीवन बीमा कोषमा ३ अर्ब १ करोड ११ लाख २९ हजार रुपैयाँ र महा विपत्ती जगेडा भने ७ करोड १९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ वैशाख २६ आइतवार ११:४२ मा प्रकाशित

You can share this post!

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...