back
NMB ad

युनियन हाइड्रोपावरले कमायो साढे ८९ लाख नाफा, जगेडा कोष ऋणात्मक (विवरणसहित)

Kumari bank ad

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८९ लाख ६७ हजार ८६१ रुपैयाँ नाफा कमाएको छ ।

आइतबार कम्पनी सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा १५.१४ प्रतिशतले बढी हो । गत वर्ष ७७ लाख ८८ हजार ४९० रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले चालु आवको तेस्रो त्रैमासम्ममा विद्युत बिक्रीबाट ५ करोड ४५ लाख ६९ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीले विद्युत बिक्री आम्दानी १.२२ प्रतिशतले मात्र वृद्धि भएको हो । गत वर्ष ५ करोड ३९ लाख १० हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्नपीको चुक्तापूँजी ७५ करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने ऋणात्मक रहेको छ । उक्त कोष ७ करोड ४२ लाख ७८ हजार ऋणात्मक रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३९पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ १० पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ५४.८१, तरलता अनुपात ९.१६ रहेको छ ।

वि.सं.२०७८ वैशाख २६ आइतवार १२:२० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...