back
NMB ad

वाणिज्य बैंकमा चुनौतीको चाङ: कर्मचारी अभावदेखि मर्जरसम्म, अन्य के-के ?

Kumari bank ad

सोभित थपलिया

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनासम्ममा वाणिज्य बैंकले आर्जन गरेको नाफालाई हेर्दा बैंकहरुको वित्तीय अवस्था धेरै चिन्ताजनक देखिँदैन । कोरोना महामारीको समयमा पनि बैंकहरुले नाफा बढाउन सफल भएको देखिएको छ । ९ महिनाको अवधिमा बैंकहरुको नाफा १३.७९ प्रतिशतले बढेर ५० अर्ब ७४ करोड २५ लाख रुपैयाँ बढी पुगेको छ ।

कोरोनाकै बीचमा बैंकहरुले राम्रो नाफा आर्जन गरेपनि अहिले बैंकहरुको लागि सबैभन्दा ठूलो चुनौती भनेकै कोरोना भएको छ । यो अवधिमा अधिकांश बैंकहरुले देखेका चुनौती एउटै खाले रहेका छन् ।

कोरोनाका कारण सबै बैंक तथा बैंकिङ क्षेत्रमा नै चुनौती देखिएको छ । त्यसका साथै बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, निक्षेपको कमी, दक्ष जनशक्तिको अभाव, बढ्दो सञ्चालन लागत, मर्जरका कारण हुन गएको कारोबार तथा शाखाहरुको बृद्धि सँगसँगै जोखिम र व्यवस्थापन खर्चमा भएको बृद्धि, विकास खर्च नहुनु जस्ता समस्या तथा चुनौती लगायत रहेका छन् ।

कोरोना कहरमा पनि यति धेरै नाफा कमाएका वाणिज्य बैंकहरुले के कस्ता समस्या तथा चुनौतीको सामना गरिरहेका छन् र त्यसलाई न्यून गर्दै अघि बढ्न कस्तो रणनीति बनाइरहका छन् भन्ने विषय हामीले यहाँ प्रस्तुत गरेका छांै ।

एनआईसी एसिया बैंक:

बैंकले देखेका आन्तरिक चुनौतीमा दक्ष जनशक्तिको उपलब्धता र बढ्दो सञ्चालन लागत तथा घट्दो खुद ब्याजदर अन्तर रहेको छ ।
बैंकले देखेका बाह्य चुनौतीमा कोरोनाले अर्थतन्त्रमा ल्याएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक प्रभाव र न्यून कर्जाको माग रहेको छ । बैंकले यी चुनौतीको मासना गर्न १० वटा रणनीति अबलम्बन गर्ने भएको छ ।

जसमा नविनतम प्रविधिको प्रयोग गरी उत्कृष्ट सेवा प्रदान गर्ने, नयाँ क्षेत्रहरुमा लगानी एंव अवसरहरुको निरन्तर खोजी गर्दै जाने, कर्मचारीहरुको निरन्तर वृति विकासमा जोड दिने, प्रतिस्पर्धी क्षमताको विकास गर्दै जाने, विवेकशिल जोखिम व्यवस्थापनको नीतिलाई अंगिकार गर्दै जाने रणनीति रहेको छ ।

यस्तै उत्पादनशिल क्षेत्र कर्जा लगानी वृद्धिको लागि सम्भाव्य अवसरहरुको खोजी गर्ने, उपभोक्ता कर्जा र साना तथा मझौला कर्जा प्रवाहमा लोन दिने, चल्ती तथा बचत निक्षेपमा जोड दिने मितव्ययी खर्चमा जोड दिने र डिजिटल बैंकिङ गतिविधिहरु तिब्र रुपमा अगाडि बढाउने रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक:

बैंकिङ क्षेत्रमा बढ्दो अवस्थ प्रतिस्पर्धा, निक्षेपको कमीले लगानी विस्तारमा संकुचन, बढ्दो मुद्रास्फिती दर तथा अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक परिदृश्यमा हुने अनपेक्षित उतार चढावलाई बैंकले समस्या तथा चुनौतीको रुपमा लिएको छ । मानव संसाधनमा हुने परिवर्तनलाई पनि बैंकले चुनौतीको रुपमा लिएको छ । साथै काबुभन्दा बाहिरका परिस्थिती बाहेक पनि निकै चुनौती देखेको छ ।

यस्ता चुनौतीको सामाधान गर्न व्यवसाय विविधिकरण, ग्राहकमुखी गुणस्तरीय सेवा तथा खर्चमा मित्तव्ययीता, मावन संशासन विकास आदी क्षेत्रमा लगानी गर्ने रणनीति लिएको छ । हाल विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीले देशको आर्थिक क्षेत्रमा अल्पकालिनदेखी दिर्घकालिनसम्म प्रभाव पार्ने देखिन्छ । जसले गर्दा बैंकिङ क्षेत्रमा कर्जा, तरलता, सम्पतिको गुणस्तर तस्ता विभिन्न किसिमका जोखिम निम्त्याउने अवस्था सृजना भएको छ ।

यस स्थितीलाई मध्यनजर गर्दै सरकार तथा राष्ट्र बैंकबाट विभिन्न समयमा जारी नीति, निर्देशन तथा सुझावहरु साथै भविष्यमा जारी हुने नीति तथा निर्देशनलाई पालना गर्दै बैंकले आफ्ना ग्राहकहरुलाई व्यापार, व्यवसाय सञ्चालन गर्न आवश्यक सहयोग, सुविधा एंव सहुलियत प्रदान गर्ने नीति लिएको छ । साथै सम्भव भएसम्म् खर्चमा मितव्ययीता अपनाउने नीति अख्तियार गरेको छ ।

प्राइम बैंक:

बैंकले आन्तरिक समस्या तथा चुनौतिहरुमा महामारीका कारणले पूर्वाधारमा आधारित परियोजना लगायतका अन्य लगानीका अवसरहरुमा कमी आउनु, कोरोनाले बैंकका कर्मचारीहरुमा बढ्दो स्वास्थ्य सम्बन्धि जोखिम, कोरोनाका कारण विभिन्न शाखा कार्यालयहरु सञ्चालन गरी ग्राहकलाई निरन्तर सेवा दिन निकै चुनौतिपूर्ण रहेको जनाएको छ ।

बाह्य समस्या तथा चुनौतिहरुमा कोरोनाले विश्व अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा ह्रास आउनुका साथै मुलुकको अर्थतन्त्रमा समेत पारेको नकारात्मक प्रभावबाट सम्पूर्ण बैंकिङ क्षेत्र नै प्रभावित हुन गएको र अझ बढी प्रभाव पर्न सक्ने जनाएको छ ।

कोरोनाले वैदेशिक रोजगारीमा रहेका कामदारहरुको आवत जावतमा चुनौति रहेकोले दीर्धकालिन रुपमा मुलुकमा भित्र्ने विप्रेषणमा कमी हुने देखिएको छ । कोरोनाबाट पर्यटन क्षेत्रमा अत्यन्त नकारात्मक असर परेको र साथै अन्य व्यवसायहरु समेत सामान्य ढंगले सुचारु हुन नसकेको कारण ब्याज तथा ऋण असुली अत्यन्त चुनौतिपूर्ण रहेको छ ।

कृषि विकास बैंक:

कृषि विकास बैंकले आत्तरिक समस्याको रुपमा कोरोनाले बैंकको समग्र व्यवसायलाई पार्ने प्रभाव, कर्मचारी आपूर्ति व्यवस्थापन तथा उच्च संचालन लागत र व्याज खर्च व्यवस्थापन रहेको छ । यस्तै बाह्य चुनौतीको रुपमा समय समयमा हुने नीतिगत व्यवस्थामा परिवर्तन, समग्र अर्थतन्त्रले बैंक व्यवसायमा पारेको प्रभाव, कोरोना तथा स्वास्थ्य मापदण्डले अर्थतन्त्रमा पारेको प्रभाव रहेको छ ।

यसको लागि बैंकले थप सजगताका साथ समग्र सञ्चालन प्रणालीमा सम सापेक्ष सुधार गर्दै आएको जनाएको छ । बैंकले उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी कर्जा प्रवाहमा तथा व्यवसाय वृद्धि तथा विविधिकरणमा प्रभावकारिता हासिल गरिएको छ ।
केही नयाँ कर्मचारीहरुको छनौट प्रकृया पुरा गरी प्राथमिकताका आधारमा पदस्थापना गरिएको छ ।

प्रतिस्पर्धी ब्याजदर कायम गर्न संचालन खर्चमा कटौती गर्दै न्यून लागतको निक्षेप संकलन गर्दै सीएएसएमा जोड दिएर कर्जा निक्षेप सम्मिश्रणलाई नेपालको बैंकिङ बजार अनुरुप थप सन्तुलित बनाउँदै लगिएको बैंकले जनाएको छ । ब्यवसाय थप नियन्त्रण हुने गरी केन्द्रिकृत व्यवसायको अवधारणा अवलम्बन गरिएको छ भने डिजिटल बैंकिङ कारोबारलाई थप प्रभावकारी बनाउँदै लगिएको बैंकले जनाएको छ ।

बैंक अफ काठमाण्डू:

बैंकले देखेको आन्तरिक चुनौतीमा सञ् चालन खर्च, गुणस्तरीय मानव संसाधनहरूको अवधारणमा काम गर्न आवश्यक ठानेको जनाएको छ । यस्तै बाह्य चुनौतीमा कोरोनाले विश्व अर्थव्यवस्थामा पारेको प्रतिकुल प्रभाव पर्यटन तथा एसएमई, क्षेत्रमा परेको छ । यसले समग्र बैंकिंग व्यवसायमा समेत असर परेको छ ।

वित्तीय संस्थाबीच प्रतिस्पर्धी वातावरण रहेको छ । अहिले तरलताको अवस्था परिवर्तन, अस्थिर विदेशी विनिमय बजार, नीतिमा परिवर्तन र व्यवसायमा सीधा प्रभाव परेको देखिएको छ । समस्या र चुनौतीहरूलाई कम गर्न बैंकले विभिन्न खाले रणनीति अबलम्बन गरेको छ । बैंकले जोखिम प्रबन्धन कार्यहरू सुदृढीकरणमा बढी ध्यान, ग्राहकलाई नयाँ प्रविधिमा आधारित सेवाहरू प्रदान गर्ने, कोर बैंकिंग प्रणालीको स्तरवृद्धिमा ध्यान दिने जनाएको छ ।

ग्लोबल आईएमई बैंक:

ग्लोबल आईएमई बैंकले देखेको आन्तरिक चुनौतीमा बैंकको मर्जरका कारण हुन गएको कारोबार तथा शाखाहरुको बृद्धि सँगसँगै जोखिम र व्यवस्थापन खर्चमा भएको बृद्धि रहेको छ । प्रविधिको प्रयोगबाट सृजित हुने बैंकिङ कारोबारसँग सम्बन्धित चुनौती तथा यसले निम्त्याउन सक्ने समस्याहरु रहेको छ भने कोरोना महामारीका बिचमा आफ्ना ग्राहक तथा कर्मचारीलाई सुरक्षित राख्दै बैंकिङ सेवाको निरन्तरता रहेको छ ।

यस्तै बैंकले देखेका बाह्य चुनौतीमा कोरोना महामारीका कारण बैंकको कर्जाहरुका साँवा तथा ब्याज भुक्तानी समयमा नहुनुका साथै बैंकका कर्मचारीहरुमा पर्न सक्ने मनोवैज्ञानिक असर, कोरोना महामारीका कारण देशको अर्थतन्त्रमा प्रतिकुल असर उत्पन्न भएसँगै सम्पूर्ण व्यवसायमा प्रतिकुल असर परेको र कर्जाका ब्याजदर तथा अन्य आयमा हुन सक्ने गिरावटका कारण आम्दानीमा पर्न सक्ने असर, दिगो बैंकिङ कारोबार विस्तार गरी लगानीकर्ताको अपेक्षित प्रतिफल, बैंकिङ बजारमा देखिएको अनुचित प्रतिस्पर्धा, बैंकिङ क्षेत्रमा रहेको किष्कृय कर्जा तथा त्यसको असुली र प्रविधिको विकाससँगै यसले निम्त्याएको अन्तरनिहीत जोखिम रहेको छ ।

यस्ता चुनौतीको सामना गर्नको लागि बैंकले विभिन्न खाले रणनीति बनाएको छ । जसमा सम्पति तथा दायित्वको व्यवस्थापन र पोर्टफोलियोको जोखिम अनुरुप विविधता कायम गर्ने, कोरोनाको असर परेको व्यवसायिकसंस्था तथा व्यक्तिगत ग्राहकहरुसँग थप सहकार्यगर्दै कारोना महामारीले निम्त्याएका आर्थिक संकटको व्यवस्थापन गर्ने रणनीति रहेको छ ।

यस्तै खर्चहरुको प्रभावकारी अनुगमन तथा उच्च जोखिमयुक्त सम्पतिहरुको उचित व्यवस्थापन, निष्कृय कर्जा असुली तथा व्यवस्थापन उच्च प्राथमिकता,, समय सापेक्ष हुनेगरी प्रविधिमा आधारित नयाँ सेवाहरुको विकास, पुँजीकोष वृद्धि र अनुपालन तथा जोखिम व्यवस्थापन विभागको सवलीकरण र कर्मचारी तालिम सम्बन्धमा योजनाबद्ध कार्यतालिका बनाएको जनाएको छ ।

मेगा बैंक:

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आईपुग्दा विभिन्न आन्तरिक र बाह्य चुनौती देखेको छ । बैंकले देखेको आन्तरिक चुनौतीमा बढ्दो सञ्चालन खर्च, जोखिमको दायरामा वृद्धि तथा व्यवसायमा भएको प्रतिस्पर्धाका कारण दक्ष जनशक्तिको अभाव रहेको छ ।

यस्तै बाह्य चुनौतीमा तिब्र प्रतिस्पर्धा, ब्याजदर घटबढ, लगानीका न्यून अवसरहरु, नीतिगत परिवर्तनहरु, कोरोना भाइरसले गर्दा बैंकिङ व्यवसायमा परेको प्रभाव र अन्य क्षेत्रहरुमा विद्यमान समस्याहरुले पनि जोखिम निम्त्याएको जनाएको छ ।

यी समस्या समाधान गर्न बैंकले विभिन्न उपसमितिहरु कृयाशिल रहेको जनाएको छ । जसले आवश्यक अध्ययन, अनुसन्धान एंव छलफल गरी उपयुक्त सुझावहरु प्रदान गर्दै समाधानको उपायहरु कार्यानवयन गर्न बैंक व्यवस्थापनलाई मद्दत गर्दै आएको जनाएको छ ।

सानिमा बैंक:

बैंकले पनि अन्य बैंक जस्तै आन्तरिक र बाह्य चुनौती देखेको छ । आन्तरिक चुनौतीमा कोरोना महामारीको दोस्रो लहरका कारण कर्मचारीहरुमा संक्रमणको जोखिम भई दैनिक गतिविधि सञ्चालन गर्न चुनौती रहेको छ । यस्तै खुद ब्याजदर अन्तर व्यवस्थापन गर्न पनि चुनौती रहेको छ ।

यस्तै बाह्य चुनौतीमा कोरोनाका कारण ऋण तथा ब्याज समयमै असुली नहुने, बैंकिङ कारोबारमा कमी आउने, निष्कृय कर्जामा वृद्धि हुने तथा समग्र अर्थतन्त्रमा नै प्रतिकुल असर पर्ने, बैंक तथा वित्तीय संस्था बीच तिब्र प्रतिष्पर्धा र सूचना प्रविधिको क्षेत्रमा देखा परेका नयाँ किसिमका चुनौतीहरु रहेका छन् ।

यसको लागि बैंकले कोरोनाको असरबाट भएको÷हुने कर्जा तथा अन्य जोखिम व्यवस्थापन गर्न आवश्यक रणनीति अवलम्बन गर्ने, निक्षेप तथा कर्जाको विस्तार, आय आर्जन गर्ने नयाँ क्षेत्रहरु विस्तार तथा निक्षेप परिचालनमा जोड, समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरुको विकास, पुँजिकोष वृद्धि र समग्र जोखिम व्यवस्थापनको आधारमुत पक्षहरुलाई मजबुत बनाउने रणनीति रहेको छ ।

सनराइज बैंक:

बैंकले बढ्दो प्रतिस्पर्धाका कारण दक्ष जनशक्तिको अभाव, बढ्दो मुद्रास्फितिका कारण सञ्चालन खर्चमा वृद्धि, खुद ब्याजदर अन्तर सन्तुलन गर्ने चुनौती रहेको छ ।

बाह्य चुनौतीमा कोरोनाको दोस्रो लहरका कारणले अर्थतन्त्रमा परेको प्रभाव, घर जग्गाको मूल्यमा भएको अस्वभाविक बृद्धिका कारण स्वीकारयोग्य धितोको मूल्याङकनमा हुने उतार चढाव, संकुचित बजार, जोखिमयुक्त वाताबरण, वित्तीय संस्थाहरु बीच देखिएको तिब्र प्रतिस्पर्धा रहेको छ ।

यी चुनौती सामना गर्न बैंकले विभिन्न रणनीति बनाएको जनाएको छ । बैंकले आफ्नो कार्यक्षमता वृद्धि गरी स्तरीय सेवा प्रदान गर्नको लागि कर्मचारीलाई आवश्यक तालिम दिने तथा निजहरुलाई बैंक प्रति आबद्ध राख्नको लागि यथोचित नीति अबलम्बन गरेको छ । बैंकलाई प्रविधिमैत्री बनाउँदै लैजाने रणनीति रहेको छ । सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने तर्फ बैंक सजग रहेको जनाएको छ ।

बैंकले आय आर्जन गर्ने नयाँ क्षेत्रहरुको पहिचान तथा शाखा सञ्जालको विस्तार गर्दै निक्षेप तथा कर्जालाई विविधिकरण गर्दै लैजाने तर्फ बैंक प्रतिबद्ध रहेको जनाएको छ । प्रतिस्पर्धात्मक वातावरणमा यस बैंकको पहिचान उच्च राख्नको लागि पुँजीकोषको बृद्धि गर्दै अझ बढी ग्राहकमुखी सेवा र सुविधा प्रदान गर्नुको साथै आधुनिक बैंकिङ तथा वित्तीय सेवा तथा सुविधाहरु प्रदान गर्ने नीति रहेको बैंकले जनाएको छ ।

नेपाल बंगलादेश बैंक:

बैंकले पनि आन्तरिक र बाह्य चुनौती देखेको छ । जसमा आन्तरिक समस्या तथा चुनौतीहरुमा निक्षेप तथा सापतीमा ब्याजदरको परिवर्तन, दक्ष जनशक्तिको कमी, बढ्दो सञ्चालन खर्च तथा खुद ब्याजदर अन्तर सन्तुलन गर्ने चुनौती रहेको छ ।

बाह्य चुनौतीमा कोरोनाको नयाँ रुपको संकटका कारण देशको अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमा गिरावट आउन सक्ने बैंकिङ कारोबारमा कमी आउन सक्ने प्रक्षेपित समयमा कर्जाको सावा तथा ब्याज असुली नहुन सक्ने कारणले कुल आम्दानीमा असर पर्ने, निस्कृय कर्जा बढ्ने तथा ब्याजदर अन्तरलाई यथावत राख्ने चुनौती रहेको छ ।

यस्तै बढ्दो प्रतिस्पर्धा, लगानीको अवसरमा कमी, घट्दो रेमिट्यान्स वृद्धिदर, सूचना प्रविधिका क्षेत्रमा देखिएका चुनौतीहरु, जोखिम रहित बैंकिङ सेवा प्रवाह गर्ने चुनौती रहेको छ ।

यसको व्यवस्थापनको लागि बैंकले न्यून लागत भएका दिगो निक्षेपलाई बढावा दिई ब्याजदर सन्तुलित राख्ने आवश्यक कदमहरु अबलम्बन गर्ने रहेको छ ।

यस्तै कर्मचारीको क्षमता बढाउन तालिम उपलब्ध गराउने, सञ्चालन खर्च घटाउने, आय आर्जनको लागि नयाँ क्षेत्र खोज्ने, अन्य बैंक भन्दा उत्कृष्ट योजना ल्याउने, उपयुक्त लगानीका थप क्षेत्र पहिचान गरी कर्जा प्रवाह गर्ने, लागत तथा खर्च घटाउने लगायतका रणनीति अबलम्बन गरेको जनाएको छ ।

माछापुच्छ्रे बैंक:

बैंकले देखेको आन्तरिक चुनौतीमा मुद्रास्फितिको कारण सञ्चालन लागतमा हुने वृद्धिको असर, बैंकबाट प्रदान गरिने दीर्घकालिन, मध्यकालिन, चालु पुँजी जस्ता कोषमा आधारित कर्जा तथा प्रतितपत्र, जमानतपत्र जारी गर्ने जस्ता गैह्रकोषीय सेवाहरु उपलब्ध गराउँदा हुन सक्ने सम्भावित जोखिमहरु,निक्षेप तथा कर्जा लगानी ब्याजदरमा हुने परिवर्तनबाट असर पर्ने जोखिम समेत रहेको छ ।

समयमा कर्जा असुलीमा उत्पन्न हुन आर्थिक जोखिमहरु रहेका छन् । बैंकले प्रयोगमा ल्याएको ग्लोबल बैंकिङ सफ्टवेयर मा टेक्निकल गडबडीले हुन सक्ने जोखिम रहेको छ भने मुख्य कर्मचारीहरुले छोड्दा हुन सक्ने जोखिम रहेको छ । बाह्य चुनौतीमा कोरोना माइरसको कारण विश्व अर्थतन्त्रको साथै बैंक तथा वित्तीय क्षेत्रको कर्जाको साँवा तथा ब्याज असुलीमा पनि नकारात्मक असर परेको देखिन्छ ।
राष्ट्र बैंकको नीति निर्देशनमा हुने परिवर्तनले उत्पन्न हुन सक्ने सम्भावित जोखिमहरु रहेका छन् ।

सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी नीति निर्देशन तथा मौद्रिक नीतिमा परिवर्तन गर्दा सिर्जना हुन सक्ने सम्भावित जोखिमहरु रहेका छन् । विदेशी विनिमय कारोबार गर्दाू विनिमय दरमा हुने परिवर्तनबाट हुन सक्ने जोखिमहरु, देशको अस्थीर राजनीतिक स्थितिका कारण हुन सक्ने जोखिमहरु, देशको अस्थिर राजनीतिक स्थितिका कारण हुन सक्ने जोखिमहरु, देशको आर्थिक अवस्थामा आउने उतार चढावबाट उत्पन्न हुन सक्ने जोखिमहरु रहेका छन् । यो जोखिम न्यूनकिरणको लागि बैंकले समाधान गर्न विभिन्न रणनीति बनाएको छ ।

जसमा कोरोना भाइरसको कारण ऋणीहरुलाई समेत परेको समस्याहरु अवलम्बन गर्दै राष्ट्र बैंकबाट जारी गरिएको निर्देशीकाको पालना गरेर आवश्यक रणनीति अवलम्बन गरिएको, लागत कटौती तथा लागत नियन्त्रणका उपायहरु अवलम्बन गरिएको, कर्जा लगानी प्रदान गर्दा आवश्यक अध्ययन गर्ने गरिएको, बैंकको नीति नियम तथा आन्तरिक नियन्त्रण प्रणाली चुस्त दुरुस्त राखिएको, भविष्यमा हुन सक्ने जोखिमबाट बच्न कर्मचारीहरुलाई आवश्यक तालिम दिने, बैंकको बैंकिङ सफ्टवेयर मा हुन सक्ने टेक्निकल गडबडीबाट बच्न आवश्यक ब्याकअप राख्ने गरिएको छ ।

यस्तै विनिमय दरमा हुने परिवर्तनबाट हुनसक्ने जोखिमबाट बच्नका लागि आवश्यक सटही घटबढ् कोषको व्यवस्था गरिएको र बैंकको संगठनात्मक संरचनामा परिवर्तन गरी बढी प्रभावकारी बनाइएको तथा केही मुख्य कर्मचारीले छोड्दा पन िबैंक नियमित रुपमा सेवा प्रदान गर्न सक्षम रहने जनाएको छ ।

सिभिल बैंक:

बैंकले चालु आर्थिक वर्षको नौ महिनामा देखेको आन्तरिक चुनौतीमा कोरोनाको महामारी बीच बैंकिङ कारोबारलाई सुचारु राख्नु चुनौतीपूर्ण रहेको छ । यद्यपी बैंकले आफ्ना सम्पूर्ण कर्मचारी लगायत ग्राहकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी विशेष सावधानी अपनाई नियमित कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

तीब्र बजार प्रतिस्पर्धाका कारण कर्जाको ब्याजदर घटेकोले गर्दा बैंकको ब्याजदर अन्तर समेत घटेको छ । यसलाई राष्ट्र बैंकबाट निर्दिष्ट बनाउनु चुनौतिपूर्ण रहेको छ । बाह्य चुनौतीमा कोरोनाले हाल विश्व नै आक्रान्त रहेको अवस्थामा नेपाल लगायत संसारकै अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको छ । यस्तो अवस्थामा निष्कृय कर्जा बढ्नु, ब्याज मुल्तबीमा वृद्धि हुनु, आम्दानीमा कमी आउने जस्तो जोखिम हुने र यस्तो स्थितिमा बैंकका ऋणीहरुको हितलाई पनि ध्यानमा राख्दै बैंकको मुनाफालाई कायम राख्नु चुनौतिपूर्ण रहेको छ ।

प्रविधिको माध्यमबाट बैंकलाई हुनसक्ने सम्भावित हानी नोक्सानीलाई नियन्त्रणलाई गर्ने कार्य चुनौतीको रुपमा रहेको छ । बैंकले यस्ता घटना हुन नदिनको लागि समग्र बैकिङ प्रणालीमा विशेष सावधानी अपनाउँदै जोखिम नियन्त्रण गर्दै आएको छ ।

यसको लागि बैंकले खर्च व्यवस्थापन गरि मुनाफालाई बढाउने रणनीति लिएको छ । अत्यावश्यक बाहेकका खर्चहरुमा समेत थप मितव्ययीता अपनाइने, कर्मचारीको क्षमता बढाउन तालिम दिने, कम ब्याजदरका साना तथा दिगो निक्षेपहरुलाई प्रोत्साहित गरी निक्षेपको लागतलाई घटाउने तथा संस्थागत निक्षपको अनुपात समेत घटाउँदै लैजाने नीति लिएको छ ।

बैंकले उपभोक्ता कर्जा, साना तथा मझौला उद्यम कर्जा र लघुवित्त कर्जा प्रवाह गर्न विशेष रणनीति अवलम्बन गरेको छ ।
बैंकिङ कारोबारको अभिवृद्धि र विस्तारसँगै कर्जा जोखिम, बजार जोखिम, प्रविधि जोखिम लगायत विभिन्न खालका जोखिमहरु देखिँदै जान्छन । ति जोखिमहरुलाई उचित व्यवस्थापन गरी जोखिमबाट हुन सक्ने नकारात्मक असरहरुलाई न्यूनिकरण गर्दै जाने रणनीति लिएको छ ।

सिटिजन्स बैंक:

सिटिजन्स बैंकले पनि आन्तरिक र बाह्य चुनौती देखेको छ । बैंकले देखेको आन्तरिक चुनौतीमा बैंकको सञ्चालन खर्च वृद्धि हुँदै जानु, निक्षेप तथा सापटीमा ब्याजदरको परिवर्तन लगायत आयमा विविधिकरण ल्याउनु, निष्कृय कर्जा बढ्नु, उपयुक्त लगानीका क्षेत्र पहिचान गर्नु तथा शाखाहरुको बृद्धि सँगसँगै सञ्चालन जोखिम व्यवस्थापन चुनौतीपूर्ण हुनु जस्ता आन्तरिक समस्या रहेको विद्यमान परिप्रेक्ष्यमा बैंकको दिगो रुपमा मुनाफा बृद्धि गर्ने कार्य चुनौतीपूर्ण रहेको छ ।

बाह्य समस्या तथा चुनौतीमा कोरोना महामारीको नयाँ रुपको संकटका कारण बैकिङ कारोबारमा कमी आउन सक्ने, प्रक्षेपित समयमा ऋण तथा ब्याज चुक्ता नहुन सक्ने साथै देशको अर्थतन्त्रमा समेत गिरावट आउन सक्ने र आउने दिनमा पनि यसको थप असर पर्ने आंकलन गरिएको छ ।

बैंकको सापटी र लगानी ब्याजदरमा असर पर्न गई बैंकको कुल आम्दानीमा असर पर्ने, निष्कृय कर्जा बढ्ने तथा ब्याजदर अन्तरलाई यथावत कायम राख्ने चुनौतिहरु जस्ता जोखिमहरु र साथै कोरोना महामारीका कारण देशको अर्थतन्त्रमा प्रतिकुल असरबाट उत्पन्न हुनसक्ने जोखिमहरु र कोरोना महामारीका कारण देशको अर्थतन्त्रमा प्रतिकुल असरबाट उत्पन्न हुनसक्ने जोखिमलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण ठानेको छ ।

कोरोनाका कारण कर्जा वृद्धिले तरलतामा कमी आउने देखिन्छ भने बैंकहरुबाट कर्जा लगानीको ब्याजदर घटाउने दबाब परिरहेको अवस्थामा बैंकको सञ्चालन तथा अनुपालना लागत उल्लेख्य रुपमा कम गर्न नसकिने देखाएको छ ।

जसले बैंकको खुद नाफा र वितरणयोग्य मुनाफामा प्रतिकुल असर पर्न गई लाभांश वितरणमा समेत ह्रास आउने सम्भावना रहेको देखिएको छ । बैंकमा दक्ष जनशक्ति कम हुनु, सूचना प्रविधिमा नयाँ चुनौती देखिनु, विकास खर्च नहुनु, कोरोनाका कारण लगानीकर्ताको मनोबलमा कमि हुनु जस्ता बाह्य चुनौती देखेको छ ।

बैंकले यसको लागि ग्रामिण तथा दुर्गम क्षेत्र र बैंकिङ सेवाबाट बञ्चित व्यक्ति तथा संघ संस्थालाई बैंकको दायरामा ल्याई निक्षेप परिचालन बढाउने, आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रुपमा ग्राहक बैंक समक्ष प्रस्तुत हुन नपर्ने गरी बैंकिङ सुविधा प्रदान गर्ने रणनीति लिएको छ । बैंकले निष्कृय कर्जा तथा पाकेको ब्याज तथा कर्जाको भाका नाघेका ऋणीहरुको उचिच व्यवस्थापन गरी वितरणयोग्य मुनाफा बृद्धी गर्ने नीति लिएको छ ।

वि.सं.२०७८ वैशाख २६ आइतवार १८:४२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...