back
NMB ad

कोरोना कहरमा पनि बैंकमा निक्षेप संकलनको तुलनामा कर्जाको माग बढ्यो

Kumari bank ad

काठमाडौं । पछिल्लो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलन तथा कर्जा लगानीमा सामान्य वृद्धि भएको छ ।

नेपाल बैंकर्स संघका अनुसार वैशाख २४ गतेसम्म आईपुग्दा निक्षेप संकलन ३९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।

गत साताको तुलनामा यो साता बैंकहरुको निक्षेप संकलन १० अर्बले बढेको छ भने कर्जा लगानी १५ अर्ब रुपैयाँले बढेको छ ।

चैत अन्तिम सातको तुलनामा वैशाख तेस्रो साता नजिक आईपुग्दा बैंकको निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ । चैत अन्तिमसाता बैंकहरुले ३९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५ खर्ब ७३ अर्ब कर्जा लगानी गरेका थिए ।

वैशाख २४ सम्म आइपुग्दा वाणिज्य बैंकहरुले ३९ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३६ खर्ब ९ अर्ब कर्जा लगानी गरेका छन् । बैंकमा निक्षेप संकलनको तुलनामा कर्जाको माग बढेको देखिएको छ ।

पछिल्लो समय देशब्यापी रुपमा कोरोना संक्रमण बढेसँगै बैंकमा आउने पैसा घटेको छ । कर्जा लगानी थोरै बढेको छ ।

वि.सं.२०७८ वैशाख २७ सोमवार १८:११ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...