काठमाडौं । सहकारी विभागले सबै सहकारी संस्थाहरुलाई कोरोना सहज नभएसम्मको लागि आफ्नो अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिएको छ ।
विभागले सबै सहकारीहरुलाई निर्देशन दिँदै वर्तमान विषम परिस्थितीमा नेपालभर क्रियाशिल रहेका सबै सहकारी संघ संस्थाहरुलाई अत्यन्त जरुरी र अत्यावश्यक कार्यहरु तथा सेवाहरु मात्रै अत्यन्त कम जनशक्तिबाट स्थानीय प्रशासनसँगको पुर्ण समन्वयमा मात्रै सञ्चालन गरी बाँकी सम्पुर्ण क्रियाकलापहरु तथा सेवाहरु वर्तमान अवस्था सहज नभएसम्म स्थगन गनए अनुरोध गरेको छ ।
कोरोना भाइरसको दोश्रो लहर अन्यन्त संक्रामक भएकाले त्यसको नियन्त्रण गर्न र जनधनको थप क्षति हुन नदिन सरकारले मुलुकका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरेकाले सहज अवस्था नभएसम्म काम कारवाही स्थगन गर्न निर्देशन दिएको छ ।
वि.सं.२०७८ वैशाख २९ बुधवार १५:३३ मा प्रकाशित