काठमाडौं । बुधवार सेयर बजारमा झिनो सुधार आएको छ । उक्त दिन ५ अर्ब बराबरको कारोबार भएको छ । उक्त दिन लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीमा झुम्मिएका छन् । आज कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।
कम्पनीको ३५ करोड १६ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार कम्पनीको २ लाख २५ हजार ५४६ कित्ता सेयर खरिदबिक्री भएको हो ।
यस्तै, कारोबारकै आधारमा एचआईडीसीएलको २६ करोड ९५ लाख ३३ हजार रुपैयाँको कारोबर भएको छ । उक्त कम्पनीको ४ लाख ९९ हजार ६५५ कित्ता सेयर खरिदबिक्री भएको छ ।
यी कम्पनीसहित आज अपी पावर कम्पनी, शिवम् सिमेन्ट, एनसीसी बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमाल दोलखा हाइड्रोपावर,युनाईटेड मोदी हाइड्रोपावर, नबिल बैंक, हिमालयन पावर लगायतका कम्पनीको धेरै सेयर कारोबार भएको छ ।
हेर्नुहोस्, कुनको कति कारोबार ?
वि.सं.२०७८ वैशाख २९ बुधवार १५:५१ मा प्रकाशित