back
NMB ad

साढे ५० करोड नाफा कमाएको नेपाल लाइफले भुक्तानी गर्न बाँकी दाबी रकम १ अर्ब ४६ करोड

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आईपुग्दा नेपाल लाइफ इन्स्योरेन्सले ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ८.३६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ४६ करोड ७५ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १२ करोड ३४ लाख ३६ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनाम ५८.८८ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा २ अर्ब ७३ करोड २१ लााख ७३ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बिमा कोषको आकार १ खर्ब ७ अर्ब ६१ करोड ७७ लाख २४ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन २४ अर्ब ९५ करोड ६० लाख ६३ हजार रहेको छ ।

कम्पनीले ७ अर्ब २९ करोड ७४ लाख ७४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम १ अर्ब ४६ करोड ५८ लाख ४० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ७२ करोड ४४ लाख ८४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ९२ पैसा छ ।

वि.सं.२०७८ वैशाख ३० बिहीवार ०९:०९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...