back
NMB ad

१० प्रतिशत नाफा बढाएको शिखर इन्स्योरेन्सकाे अन्य सूचक निकै कमजोर !

Kumari bank ad

काठमाडौ । चालु आर्थिक वर्षको नौ महिनामा शिखर इन्स्योरेन्सले ३६ करोड ३३ लाख २० हजार रुपैयाँ कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १०.२६ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा ३२ करोड ९५ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ७६ करोड ५६ लाख ५१ हजार रुपैयाँबाट घटेर ६१ करोड ७६ लाख ७१ हजार रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीका बिमा कोषको आकार १ अर्ब २३ करोड १९ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले यो अवधिमा १ अर्ब ८ करोड २४ लाख ८६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९३ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ३९ पैसा रहेको छ । गत आवको सोही अवधिको तुलनामा प्रतिसेयर आम्दानी र प्रति सेयर नेटवर्थ घटेको छ ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी र नेटवर्थ क्रमशः ४३ रुपैयाँ ९ पैसा र २८४ रुपैयाँ २६ पैसा रहेको थियो । यो अवधिमा पुनर्बीमा कमिशन आय पनि २.४० प्रतिशतले घटेर ४६ करोड ४९ लाख १ हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ वैशाख ३० बिहीवार १०:०४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...