काठमाडौं । विहीबार सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
अघिल्लो दिन ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको सुन आजका लागि ९१ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ९१ हजार १ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १० रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ वैशाख ३० बिहीवार ११:२८ मा प्रकाशित