back
NMB ad

शाओमीले नेपालमा लन्च गर्यो रेडमी १० नोट प्रो, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा रेडमी नोट १०प्रो को लन्च गरेको छ ।

रेडमी नोट १० प्रो बेस्ट–इन–क्लास फिचर्सहरुका साथ जस्तै १०८ एमपी क्यामेरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन™७३२ जी, ईभोल डिजाइनका साथ उपलब्ध छ जसले टेक इनोभेसनको क्षेत्रमा नयाँ आयाम ल्याएको छ।

अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा नेपाली ३३ हजार ९९९ रुपैयाँ को सुपथ मूल्यमा उपलब्ध हुनेछ । भिन्टेज ब्रोन्ज, ग्लेसियल ब्लु र डार्क नाइट जस्ता विविध रंगहरुमा उपलब्ध हुनेछन्।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भन्नुभयो, “देशमा पहिलो रेडमी नोटको शुरु भएदेखि नै नोट सिरिजले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको छ जसमा हाम्रा उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रुपमा परिणत भएका छन् । रेडमी नोट सिरिजको हाम्रो १० औँ जेनेरेसनको प्रषेपणका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक क्रान्तिकारी परिवर्तन ल्याएको छौ ।” उहाँले थप्नुभयो, “रेडमी नोट १० को सुविधारु जस्तै १०८ एमपी क्यामेरा, १२० हर्ट्जको रिफ्रेस–रेट एमोलेड टेक्नोलोजीका साथ प्रदर्शन, नवीनतम क्वालकम स्न्यापड्रागन प्रोसेसर र अधिककासाथ हामी टेक्नोलोजी प्रजातान्त्रिकरण गर्दैछौँ। यी उपकरणहरुले (क) बेस्ट स्पेक्स (ख) हाईयेस्ट क्यवालिटी र (ग) अनेस्ट प्राईस साथ ब्रान्डको वचनलाई व्यक्तिगत गरेको छ। हामी विश्वस्त छौँ कि यी उपकरणहरुले उद्योगमा केही नयाँ बेन्चमार्कहरु सेट गर्ने छ ।”

रेडमी नोट १० प्रोः १२० हर्टज सुपर एमोलेड १०८ एमपी क्वाड क्यामेरा

रेडमी नोट १० प्रो एक क्वाड क्यामेरा सेटअपको साथ आउँछ जसमा १०८ एमपी प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइड लेन्स, ५ एमपी सुपर माइक्रो र २एमपी डेप्थ सेन्सर उपलब्ध छ। फ्रन्ट क्यामेरा १६ एमपीको डिस्प्ले क्यामेरा हो जसमा सानो पञ्च होल बनाइएको छ र यसको व्यास मात्र २.९६ मिलिमिटर रहेको छ।

भर्सटाइलः १०८ एमपी क्वाड क्यामेरा एरे

रेडमी नोट १० प्रो मा १०८ एमपीको प्राइमरी क्यामेराको सुविधा रहेको छ।  लेटेस्ट १०८ एमपी सामसुङ्ग आइसोसेल एचएम २ क्यामेरा सेन्सर रहेको छ जसले उत्कृष्ट क्यामेरा क्षमताहरुको प्रदान गर्दछ।

यो १०८ एमपी क्यामेरा सेन्सरको तेस्रो जेनेरेशन हो र यो डिजाइन गरिएको अहिले सम्मकै पातलो डिजाइन हो– यसको अघिल्लो जेनेरेशन भन्दा यो १५ प्रतिशतले पातलो छ। आइसोसेल प्लस र स्मार्ट–आईएसओ टेक्नोलोजीहरुले व्यापक डाइनामिक रेन्ज र अप्टिमल एक्सपोजरहरु प्रदान गर्दछ। यसमा ९–इन–१ पिक्सेल बिनिङ्ग टेक्नोलोजी पनि रहेको छ जसले अन–प्रारालल्ड लो–लाइट पर्फमेन्सको लागि ठूलो २.१ माइक्रोमिटरको पिक्सेल साइज प्रदान गर्दछ।

५ एमपी सुपर म्याक्रो

म्याक्रो क्यामेराको एक्सपेरियन्सलाई अर्को चरणमा लैजाँदै, रेडमी नोट १०मा ५ एमपी सुपर म्याक्रोक्यामेरा सेन्सरको सुविधा रहेको छ। सुपर म्याक्रो लेन्स म्याक्रो लेन्समा इन्टिग्रेट गरिएको एक टेलीफोटो लेन्स हो। यसको मद्दतले उपभोक्ताहरुले २ह्थप जूम गर्न सक्दछन् जसले  क्यामेरा एक्सपेरियन्सको लागि धेरै भिन्न परिप्रेक्षलाई सक्षम पार्दछ।

८ एमपी अल्ट्रा वाइड

रेडमी नोट १० प्रो मा ८ एमपीको अल्ट्रा वाइड सेन्सर पनि छ जसले उपभोक्ताहरुलाई अविश्वसनीय अल्ट्रा वाइट शटहरु ११८ डिग्रीसम्मको पर्फेक्ट फिल्ड अफ भ्यु हेर्नको लागि मद्दत गर्दछ। २ एमपी सेन्सरले क्रिस्प बोकेह शटहरु लिन सजिलो बनाउँछ। सफ्टवेयर एआई एल्गोरिदमहरुलाई लाइफ इमेजहरु र एक्सेपसनल भिडियो क्वालिटी प्रदान गर्नका लागि ट्युन गरिएको छ।

मीयुआइृ क्यामेरालाई नयाँ युगको सोसियल मिडिया क्रिएटसर्सहरुका लागि हुने गरि बनाइएको छ। यसमा विशेष सुविधाहरु छ जस्तै नाइट मोड २.०, भ्लग मोड, डुअल भिडियो, प्रो भिडियो मोड, म्याजिक क्लोन, लङ्ग एक्सपोजर मोड र अधिक मोडहरु जसले क्रिएटर्सहरुलाई बेसिक स्मार्टफोन फोटोग्राफी बाहेक अन्य कार्यका लागि प्रयोग गर्न सहज बनाउँछ।यसमा उच्च गुणवत्ताको सेल्फीहरु, भिडियोग्राफी र फेस अनलकको लागि १६ एमपीको फ्रन्ट क्यामेरा पनि रहेको छ।

भाइब्रेन्टः सुपर एमोलेड डिस्प्ले

रेडमी नोट १० प्रोमा १६.९ सेन्टिमिटर(६.६७)फुल एचडी+ सुपर एमोलेड डिस्प्ले, १२०० निट्सको पिक ब्राइटनेस,१२० हटर्जको रिफ्रेस रेट, १०० प्रतिशत डीसीआई–पी थ्री वाइड कलर ग्यामट र एचडीआर१० सपोर्टको प्रदर्शन रहेको छ जसले स्मार्टफोन इन्डस्ट्रिमा यसलाई बेस्ट डिस्प्लेको रुपमा फिचर गरेको छ।

सुपर स्मुथः १२० हट्र्ज रिफ्रेस रेट

सुपर एमोलेड प्यानेलले १२० हट्र्जको रिफ्रेस रेटको प्रदान गर्दछ जसले पहिले रेडमी स्मार्टफोनमा कहिल्यै नदेखिएको भाइब्रेन्ट,स्मुथ र इन्ट्युटिभ एक्सपेरियन्सको प्रदान गर्दछ। १२०हटर्ज रिफ्रेस रेटले यो सुनिश्चित गर्दछ कि उच्च एफपीएसको साथ खेलहरु सहज रुपमा रेडमी नोट १० प्रोमा चलोस्।

सुपर ब्राइटः१२०० निट्स
सुपर एमोलेड प्यानेल १२०० निट्सको पिक ब्राइटनेसको साथ आउँछ जसलाई उद्योगकै सबैभन्दा उत्कृष्ट मानिन्छ। १२० हट्र्जको सुपर एमोलेड डिस्प्ले र १२०० निट्सको पिक ब्राइटनेसको साथ रेडमी नोट १० प्रोले मिड–प्रीमियम र फ्ल्यागशिप स्मार्टफोनको बिचको दूरीमा ब्रिज ल्याउँछ जसले डिस्प्लेले फ्ल्यागशिपलाई प्रतिद्वन्दि गर्दछ।

इभोल डिजाइनः डिजाईन्ड विथ लभ
रेडमी नोट १० सिरिजले सबै नयाँ इभोल डिजाइन भाषाको प्रस्तुत गर्दछ जसले रेडमी उपकरणहरुको समग्र्र डिजाइनमा आमूल परिवर्तन ल्याउँदछ। सबै पक्षबाट हेर्दा अपवादात्मक देखिने, ब्याक प्यानलमा डुअल टोन प्रीमियम म्याट फ्रोस्टेड ग्लास ब्याकको फिचर छ जुन नोट सिरिजको लागि पहिलो हो।

रेडमी नोट १० प्रो ले डुअल स्टीरियो स्पिकर सेटअपलाई समेटेको छ जसले समग्र मल्टिमेडियाको एक्सपेरियन्सको लागि ठूलो, स्पष्ट र इमर्सिभ ध्वनीको प्रदान गर्दछ। अधिकतम पहुँच सुनिश्चित गर्नको लागि यसमा ३.५ मिलिमिटर ज्याकको साथसाथै आईआर ब्लाटर पनि रहेको छ। सुरक्षित अनलकको लागि उपकरणमा साइड–माउन्ट फिंगरप्रिन्ट रहेको छ जसले डबल–ट्याप जेस्चरलाई सपोर्ट गर्दछ।

फास्टः क्वालकम® स्न्यापड्रागन™७३२ जी

रेडमी नोट १० प्रो क्वालकम स्न्यापड्रागन™७३२जी चिपसेट द्वारा संचालित छ जुन लेटेस्ट क्वालकम स्न्यापड्रागन ७ सिरिजको प्रोसेसर हो।

यो ८ न्यानोमिटरको प्रोसेसर हो जसमा काइरो ४७० आर्किटेक्चरको सुविधा रहेको छ जसले २.३ गिगाहट्र्ज सम्मको मापन गर्दछ। रेडमी नोट १० प्रो को ३००,००० भन्दा बढीको एन्टुटु स्कोर छ जसले यसलाई रेडमी नोट मध्यको अहिलेसम्मै सबैभन्दा शक्तिशाली बनाएको छ। स्न्यापड्रागन™ एलाइट गेमिङ्ग र एड्रोनो ६१८ ले यो सुनिश्तिच गर्दछ कि रेडमी नोट १० प्रोमा ग्राफिक्सले ब्याक सिट कहिल्यै लिन नपरोस्। ग्राफिक्स चिपसेटले यसको पूर्ववर्ती भन्दा १५ प्रतिशत छिटो ग्राफिक्सको प्रदर्शन प्रदान गर्दछ जसले उपकरणलाई गेमिङ्ग मेशिनमा परिणत गरेको छ।

रेडमी नोट १०प्रो मा इम्प्रुभ्ड हिट डेसिपेसन र अन इन्टरप्टेड गेमिङ्ग पर्पmमेन्सको लागि मल्टी–लेयर्ड ग्राफाइट सिटको सुविधा रहेको छ। यो डिभाइसले ८ जीबी एलपीडीडीआर४ एक्स सम्मको र्याम र १२८ जीबी युएफएस २.२ स्टोरेज सम्म लिन सक्छ जसले स्मुथ र सिमलेश कार्य अपरेसनहरु गर्न सक्छ र यो एन्ड्रोइड ११ मा आधारित मीयुआई १२ मा रन गर्दछ।

चिरस्थायीः५०२० एमएएच ३३ डब्लु फास्ट चार्जिङ्गको साथ

रेडमी नोट १० प्रोमा ५०२० एमएएचको ब्याट्री सुविधा रहेको छ जसले सजीलै एक दिन भन्दा बढि र दुई दिन सम्मको मोडरेट युजेज सर्तहरुलाई पालना गर्दछ।

यो ३३ डब्लु इन–बक्स फास्ट चार्जरको साथ पनि आउँछ जसले उपकरणलाई ३० मिनेटमा ० देखि ५९ प्रतिशतको ईन्धन दिन्छ।यद्यपी यसले ५०२० एमएएच ब्याट्रीलाई यसको पूववर्तीको रुपमा राख्दछ। रेडमी नोट १० प्रो १६ ग्राम हल्का र रेडमी नोट ९ प्रो म्याक्स भन्दा ०.७ मिलिमिटर पातलो छ।

उच्चतमः गुणस्तर

उच्चतम गुणस्तरको स्तर कायम राख्दै रेडमी नोट १० प्रो मा कोर्निङ्ग गोरिल्ला ग्लास ५ रहेको छ जसले उपकरणलाई दुर्घटनात्मक झर्न र खरोच हुनबाट सुरक्षित राख्दछ।

आइपी५२ रेटिंग रबराइज्ड पोर्टको साथको मेलले धुलो र पानी इनग्रेस विरुद्धको सुरक्षा सुनिश्चित गर्दछ। कोरोजन प्रतिरोधी पोर्टहरुले सबै मौसम उपयोगिताको सुनिश्चित गर्दछ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १६:४३ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...