ललितपुर । भोलि (शनिबार) देखि ललितपुर महानगरभित्र एकै ठाँउमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने भएको छ ।
ललितपुर प्रशासनले सूचना जारी गर्र्दै कोरोनाको संक्रमण उच्च भएको भन्दै महानगरभित्र पाँच जनाभन्दा बढी मानिस भेला हुने नपाइने गरी निषेधित क्षेत्र नै तोकेको छ ।
उक्त सूचनामा शनिबार (जेठ १ गते) बिहान ६ बजेदेखि आगामी बुधबार (५ गते) राति १० बजेसम्म हुलदंगा वा अशान्ती गर्ने उद्देश्यले एकै ठाँउमा ५ जना भन्दा बढी जम्मा नहुन भनेको छ ।
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १९:४२ मा प्रकाशित