back
NMB ad

फाइनान्स कम्पनीको नाफामा देखिन थाल्यो चमक, कुन कम्पनीको कति ?

Kumari bank ad

काठमाडौं । सञ्चालमा रहेका फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था प्रकाशित गरिरहेका छन् ।

अहिलेसम्म १८ वटा कम्पनीले आफ्नो वित्तीय अवस्था सार्वजनिक गरेका छन् । अहिलेसम्म यी कम्पनीको नाफा ५४.९८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको नौ महिनामा १ अर्ब १८ करोड ४० लाख ८ हजार रुपैयाँ रहकोमा चालु आवको सोही अवधिमा आइपुग्दा ५४.९८ प्रतिशतले बढेर १ अर्ब ८३ करोड ५० लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

नौ महिनाको अवधिमा १८ वटा कम्पनीमा ६ वटा कम्पनीको नाफा घटेको छ भने बाँकी कम्पनीको नाफा बढेको छ । नाफा घटेका कम्पनीमा नेपाल फाइनान्स, मल्टिप्रपोज, जानकी, समृद्धि, श्री इन्भेष्टमेन्ट र प्रोग्रेसिभ फाइनान्सको नाफा घटेको छ भने अरु कम्पनीको नाफा बढेको छ ।

चालु आवको तेस्रो त्रैमासको वित्तीय अवस्था हेर्दा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको रहेको छ । चैत समान्तसम्म कम्पनीले ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९४.१५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १९ करोड ३२ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

प्रतिशतको आधारमा हेर्दा ललितपुर फाइनान्सको सबैभन्दा बढी २८८.६६ प्रतिशतले बढेको छ । यस्तै गोर्खाज फाइनान्सको नाफा २६६.६७ प्रतिशतले बढेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्मा सबैभन्दा थोरै नाफा नेपाल फाइनान्सको रहेको छ । उक्त कम्पनीको नाफा गत वर्षको तेस्रो त्रैमासको तुलनामा ८८.७९ प्रतिशतले घटेको छ । गत वर्ष ३ करोड १२ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले यो वर्षको तेस्रो त्रैमासम्ममा ३५ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ ।

वि.सं.२०७८ जेठ १ शनिवार १३:२० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...