धादिङ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बुढीगण्डकी जलविद्युत आयोजनालाई छुट्याएको ५ अर्ब ३३ करोड रुपैयाँले गोरखा र धादिङका २७ गाविसको करिब ५८ हजार रोपनी जग्गा किनबेच बन्द गरिसकेको अवस्थामा बिनियोजित रकमले जनतालाई विश्वास दिलाएर मुआब्जा वितरण हुन नसक्ने आयोजकले बताएका छन् ।
३५ सय भन्दा बढी घरधुरीका ४५ हजार भन्दा बढी स्थानीयले आफ्नो बस्ती छोड्न पर्ने अवस्था रहेकोमा सरकारकै चासो नहुँदा र रकम अति नै थोरै हुँदा पनि गत आर्थिक वर्ष मुआब्जा वितरणकै लागि भनेर विनियोजन भएको रकम पनि फ्रिज हुने अवस्थामा पुगेको छ।
यो आयोजना सम्पन गर्न २ खर्ब ५० अर्ब भन्दा बढी रकम आवश्यक पर्ने अनुमान छ। यस्तो सरकार भने कहिले ३ अर्ब कहिले ५ अर्ब रकम विनियोजन गर्दै छ ।
१८ चैत २०७३, ९।००
वि.सं.२०७३ जेठ १८ मंगलवार १२:१५ मा प्रकाशित