back
NMB ad

सार्वजनिक संस्थान : सरकारले पायो १४ अर्ब बढी लाभांश, खानेपानी तथा वित्तीय क्षेत्रमा थप लगानी

Kumari bank ad

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक संस्थानको समग्र वित्तीय स्थिति सन्तोषजनक रहेको छ ।

कोभिड( १९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालिएका कदमबाट समग्र अर्थतन्त्र नै प्रभावित हुन गएको अवस्थामा सार्वजनिक संस्थानको कार्यसम्पादनमा केही संकुचन आएता पनि सार्वजनिक संस्थानको समग्र वित्तीय स्थिति सन्तोषजनक देखिएको हो ।

आव २०७५/७६ मा संस्थानको कुल संचालन आय ४ खर्ब ७१ अर्ब २४ करोड ४६ लाख रहेकोमा आव २०७६/७७ मा ९.०३ प्रतिशतले कमी देखिएको छ । आव २०७६/७७ मा संस्थानको कुल संचालन ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाख पुगेको छ ।

गत आवको तुलनामा संस्थानको खुद नाफा सामान्य कमी आएको छ । खुद नाफा १.२१ प्रतिशतले कमी आई आव २०७६/७७ मा ४८ अर्ब २९ करोड ८२ लाख पुगेको छ ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कुल १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँ लाभांश प्राप्त भएको छ । जुन, अघिल्लो वर्षको तुलनामा ४८.८७ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७६/७७ मा सञ्‍चित नाफा गत आर्थिक वर्षको तुलनामा १८.१९ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब ७४ करोड ८० लाख पुगेको छ । सञ्‍चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा ०.९३ प्रतिशतले कमी आई ३४ अर्ब २३ करोड ६१ लाख कायम भएको छ ।

सबै संस्थानको सञ्‍चित नाफा ९ सञ्‍चित नोक्सान कटाएर २९.५३ प्रतिशतल वृद्धि भई ७५ अर्ब ५१ करोड १९ लाख पुगेको छ । आव २०७६/७७ मा अस्तित्वमा रहेकामध्ये २४ संस्थान नाफा आर्जन गर्न सफल भएका छन्, २ संस्थानको कारोबार शून्य रहेको र १८ संस्थानले घाटा ब्यहोरेका छन्।

जनकपुर चुरोट कारखाना बन्द छ भने विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय शुरुवाती अवस्थामा छ । नोक्सानीमा सञ्‍चालन भइरहेका संस्थानमध्ये नेपाल ओरियण्ड म्याग्नासाईट, बुटवल धागो कारखानाको व्यावसायिक कारोबार नभएको, नेपाल रेल्वे कम्पनीको व्यवसाय सञ्‍चालनको प्रक्रियामा रहेको तर यी तीन कम्पनीको प्रशासनिक खर्च हुने नै भएकाले नोक्सानी ब्यहोरिरहेका छन्।

आव २०७६/७७ मा नाफामा सञ्चालित २४ संस्थानको खुद नाफा ४.२८ प्रतिशत र नोक्सानीमा सञ्चालित १८ संस्थानको खुद नोक्सानी ९९.४६ प्रतिशतले बढेको छ।  सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा १२.६८ प्रतिशतले वृद्धि भएको छ।

आव २०७६/७७ मा मा सेयरधनीकोष र नेटवर्थ गत आर्थिक वर्षको तुलनामा १३.११ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ भएको छ ।

समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ११.८२ प्रतिशतले वृद्धि भई ५ खर्ब १९ अर्ब ५५ करोड ३६ लाख पुगेको छ।

गत आर्थिक वर्ष मूलतस् विद्युत उत्पादन र प्रसारण लाईन निर्माण, विमानस्थल निर्माण, खानेपानी र वित्तीय क्षेत्रका केही संस्थानमा थप लगानी गरिएकोले कुल लगानी बढ्‍न गएको हो।

गत आर्थिक वर्षको तुलनामा सेयर लगानी ६.१७ प्रतिशतले वृद्धि भई २ खर्ब ८८ अर्ब ६५ करोड ८५ लाख रुपैयाँ पुगेको छ । ऋण लगानी १९.७९ प्रतिशतले वृद्धि भई २ खर्ब ३० अर्ब ८९ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

आव २०७६/७७ मा कोषमा व्यवस्था नगरिएको दायित्व गत आर्थिक वर्षको तुलनामा १८.७२ प्रतिशतले वृद्धि भएको छ भने सम्भावित दायित्व १६.६६ प्रतिशतले वृद्धि भएको छ।

हालसम्म ६ सार्वजनिक संस्थान नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भई अघिल्लो आर्थिक वर्षको तुलनामा बजार पुँजीकरण २.१८ प्रतिशतले वृद्धि भएको छ।

४ संस्थानको २२ आर्थिक वर्षको नियमित रूपमा लेखा परीक्षण नभएकोले वित्तीय अवस्थाको यथार्थ मूल्याङ्कन नहुनुको साथै वित्तीय अनुशासनको पक्ष पनि कमजोर रहेको छ।

सबै संस्थानमा तोकिएको समयमा नै लेखा परीक्षण गर्न प्रमुख कार्यकारी अधिकृत र सञ्‍चालक समितिलाई जिम्मेवार बनाउने र सोही आधारमा निजहरूलाई निरन्तरता दिने नदिने निर्णय हुनुपर्ने देखिन्छ ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार १७:१७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...