काठमाडौं । प्राइम कमर्सियल बैंकले अध्यक्षमा राजेन्द्र दास श्रेष्ठलाई नै निरन्तरता दिएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मार्फत एक सूचना निकाल्दै बैंकले उक्त जानकारी गराएको हो ।
श्रेष्ठलाई सञ्चालक समितिको सदस्यको पदावधि कायम रहुञ्जेल सम्मका लागि सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने भएको हो । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
वि.सं.२०७८ जेठ १६ आइतवार १२:१० मा प्रकाशित