back
NMB ad

प्रभु बैंकको ऋणपत्रमा आवेदन नपरेपछि थपियो म्याद, अब कहिलेसम्म दिने ?

Kumari bank ad

काठमाडौं । प्रभु बैंकको ४० लाख कित्ता ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । जेठ ११ गतेदेखि निष्कासन तथा विक्री खुला भएको ऋणपत्रमा आवेदन दिने नपरेपछि समयावधि थप भएको हो ।

यसअघि १० वर्षे अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्रमा जेठ १६ गतेसम्म बिक्री खुला गरिएको थियो । एक सूचना निकाल्दै बैंकले उक्त अवधिमा माग गरे बमोजिम आवेदन नपरेको ढिलो अवधिसम्म बिक्रीमा रहने भएको जानकारी गराएको छ ।

‘प्रभु बैंक डिबेञ्चर २०८७’ नामको उक्त ऋणपत्रमा अब जेठ २६ गतेसम्म आवेदन दिन सकिने भएको छ । बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कुल कित्तामध्ये कम्पनीले १६ लाख सामूहिक लगानीकोषसहित सर्वसाधारणमा बिक्री गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्न लागेको हो ।

प्रति ऋणपत्र १ हजार रुपैयाँ दरको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

वि.सं.२०७८ जेठ १७ सोमवार १०:३६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...