back
NMB ad

अशोक लेलैण्डका ९ दमकल प्रदेश नं. २ लाई हस्तान्तरण

Kumari bank ad

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई नौ थान दमकल हस्तान्तरण गरेको छ ।

प्रदेश नं.२ को माग अनुसार नेशनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालयलाई हस्तान्तरण गरिएको बताएको छ ।

मन्त्रालयका पदाधिकारीहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राना थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले ९ थान दमकल हस्तान्तरण गर्नुभएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने बताउनुभयो । कुसवाहाले चालू आवको बजेटमा रकम निकासी गराइएकाले खरिद गरिएको बताउनुभयो ।

अशोक लेलैण्ड को १६१६ आई एलमोडलको च्यासिसमा बनाईएको दमकलमा जापानिज“शीबौरा कम्पनीको”पम्प प्रयोग गरिएको छ । जस्ले दमकल जान नसक्ने स्थानमा सजिलै पम्पको प्रयोग गरीदमकल जस्तै काम गर्न सकिने जनाएको छ ।

उक्त दमकलमा ५ हजार ५ सय लिटर पानी अट्ने क्षमता रहेको छ साथै दमकलमा ५ सय लिटर फोम भर्न सकिन्छ । जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षतीहुन बाट रोक्न सकिन्छ ।

कम्पनीका अनुसार यस प्रकारको अत्याधुनिक दमकल अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलीक वातावरण मैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको जानकारी दिएको छ ।

केही महिना अगाडि अशोक लेलैण्डको दमकल नेपालका उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिकाहरु, इटहरी उप–महानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौंको चन्द्रागिरी नगरपालिका साथै नेपाल आयल निगमलाई हस्तान्तरण गरिएको थापाले बताउनुभयो ।

दमकलको कार्य क्षमता, यसमा रहेका अत्याधुनीक उपकरण, मर्मत खर्च कम हुने भएकोले नेपालमा बढी रुचाइएको कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ जेठ १७ सोमवार १९:११ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...