back
NMB ad

यो बेला बजेट नल्याउ भन्नु कोभिड खोप नल्याउ भन्नु जस्तै हो: अर्थमन्त्री पौडेल

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन गर्नको लागि मन्त्रालयगत कार्ययोजना तय गरिने बताउनुभएको छ ।

सरकारले आगामी आर्थिक वर्षको लागि अध्यादेशमार्फत ल्याएको बजेट राम्रो हुँदा हुँदै पनि कार्यन्वयनमा शंका गरिएको भन्दै अर्थमन्त्री पौडेलले मन्त्रालयगत कार्यायोजन बनाएर सरकार अघि बढ्ने बताउनुभयो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको बजेटपछिको छलफलमा उहाँले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभयो । सरकारले ल्याएको यसपछि आउने सरकारले पनि निरन्तरता दिने बताउँदै उहाँले निर्वाचनपछि पनि एमाले नेतृत्वकै सरकार बन्ने सामाथ्र्य राख्ने प्रतिक्रिया दिनुभयो ।

सरकारले आफ्नो जनताप्रतिको जिम्मेवारी पूरा गर्न र संविधानको कार्यन्यवन गर्नको लागि बजेट ल्याएको बताउँदै बजेट भित्र बसेर टिप्पणी गर्नको लागि उहाँले आग्रह गर्नुभयो ।

निर्वाचन घोषणा गरेको भनेर विषय परिस्थितिमा बजेट नल्याउ भन्ने टिप्पणी जिम्मेवार नहुने तर्क गर्दै अहिलेको परिस्थितीसँग सरकार जुधिरहेको जानकारी गराउनुभयो । ‘हामी कोभिड भनेर हात ठडाएर बस्दैनौ, आजको परिस्थितीसँग जुध्दै अघि बढ्छौँ’ मन्त्री पौडेलले भन्नुभयो ‘निर्वाचन हुदैछ बजेट नल्याउ भन्न मिल्दैन, बजेट नल्याउन भनेको यस्तो बेला कोभिड खोप नल्याउ, कोरोनाको विषम परिस्थितीसँग नजुध भने जस्तै हो ।’

उहाँले सरकार जनताको स्वास्थ्यप्रति जिम्मवार भएकै कारणले आवश्यक बजेट व्यवस्था गरेको जानकारी गराउनु भयो । ‘सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार छ, सबै जनतालाई भ्याक्सिन उपलब्ध गराउने अभिभारका साथ बजेट ल्याइएको छ’ ।

बजेट कान्वयनको लागि रचनात्मक सुझाब दिनको लागि उहाँको आग्रह छ । बजेट कार्यन्वयन गर्नकै लागि बनाइएको भन्दै उहाँले कार्य योजना बनाएर मन्त्रालय अघि बढ्ने जानकारी गराउनुभयो ।

राजनीतिक दलका टिप्पणीबाट भ्रमित नभइ आर्थिक क्रियाकलापमा लाग्नको लागि निजी क्षेत्रलाई सुझाब दिनुभयो । सरकारले ल्याएको बजेट आगामी सरकारले कार्यान्वयन गर्नै पर्ने उहाँको तर्क छ ।

निर्वाचन सरकारको रोजाइ नभएको भन्दै परिस्थितीको बाध्यता भएको तर बजेट कार्यान्वयनमा निर्वाचनले असर नगर्ने उहाँको भनाइ रहेको छ । उहाँले राजनीतिक दलहरूलाई बजेटका बुदाँ भित्र बसेर टिप्पणी गर्नको लागि पनि आग्रह गर्नुभयो । बजेटपछि निजी क्षेत्रको प्रतिक्रयाबाट आफू उत्साहित भएको उनको बुझाई छ ।

वि.सं.२०७८ जेठ १८ मंगलवार ०९:४५ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...