back
NMB ad

सुनचाँदी व्यवसायी महासंघले भन्यो-‘बजेट परम्परागत शीप र जनशक्ति विकासका लागि सकारात्मक’

Kumari bank ad

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आर्थिक बर्ष २०७८/७९ को बजेटको स्वागत गरेको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्नु भएको नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटले कोभिड–१९को मारबाट शिथिल बनेको मलुकको अर्थतन्त्र र सामाजिक जन–जीवनका हरेक क्षेत्रमा सहुलियत एवं राहतको व्यवस्थाको साथै अर्थतन्त्रको पुनरोत्थानका लागि गरिएको प्रक्षेपण सहितको पहल अत्यन्त व्यावहारिक र सकारात्मक भएकोले महासंघको ठहर छ ।

यसैगरी स्वदेशी उद्योगका लागि शीपयुक्त जनशक्तिको आपूर्ति र परंपरागत पेशा एवं शीप विकासको लागि विभिन्न किसिमका तालिमको व्यवस्था गरिने बिषय बजेट वक्तव्यमा उल्लेख हुनु उत्साहजनक रहेको महासंघले ठहर गरेको छ ।

वहुमूल्य गहना निर्माणको लागि कालिगढ तालिम दिईएमा युवा पुस्ताले उच्च पारिश्रमिक पाउने रोजगारी स्वदेशमा नै प्राप्त गर्न सक्ने महासंघको बिश्वास छ ।

महामारीका कारण अर्थतन्त्रका विविध क्षेत्रले काम नै गर्न नसकेकोले आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको अवस्थामा महामारी माथि नियन्त्रण गरी अर्थतन्त्रलाई सुचारु तुल्याई वार्षिक ६ प्रतिशतको वृद्धिदर हाँसिल गर्ने अठोट र प्रतिवद्धता सहितको प्रक्षेपणले निजी क्षेत्रको मनोबल बढाएको छ ।

यसैगरी सुर्खेतमा स्वदेशी रत्न, पत्थरको प्रशोधन तथा प्रवद्र्धनका लागि निजी क्षेत्रसंगको सह–कार्यमा परियोजना संचालन गर्ने कार्यक्रम बजेटमा समावेश हुनुले आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, रोजगारी विस्तार, राजश्व अभिवृद्धि आदि क्षेत्रमा ठोस योगदान पुग्ने विश्वास गर्न सकिन्छ ।

वहुमूल्य गहनाको निर्यात विस्तारको प्रसस्त संभावना रहेको भएपनि त्यसतर्फ भने बजेटले छुन नसकेकोले आगामी मौद्रिक नीति मार्फत त्यसको सम्वोधन हुने महासंघको अपेक्षा छ ।

यसले निकासी पैठारी विचको चरण विभेद हटाउन समेत सहसयोगी भूमिका खेल्ने श्विास महासंघको छ । सुनको चरम अभावले यस व्यवसायको भविष्य माथि नै गंभीर चुनौती उत्पन्न हुने गरेको छ ।

त्यसैले सुनको आयातमा विगत लामो समय देखि कायम रहेको परिमाणात्मक वन्देज र एकाधिकारको अन्त्य गर्न पनि पहल हुने अपेक्षा महासंघको छ ।

वि.सं.२०७८ जेठ १८ मंगलवार १६:४५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...