back
NMB ad

समुद्रपार निकासी पैठारी संघको नजरमा बजेटका राम्रा ९, नराम्रा २ पक्ष

Kumari bank ad

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ को लागि ल्याएको बजेटमा नेपाल समुन्द्रपार निकासी पैठारी संघले ९ वटा राम्रो पक्ष र २ वटा नराम्रो पक्ष औल्याएको छ ।

संघले अर्थमन्त्री विष्णुप्रसाद पौडेलज्यूले आगामी आवको लागि प्रस्तुत गरेको बजेटमा ९ वटा सकारात्मक र २ वटा नकारात्मक पक्ष देखाएको छ ।

संघका अनुसार सकारात्मक पक्षमा

१. संघको माग अनुसार आयात–निर्यात कोड (एक्जिम कोड) को नवीकरण एकै पटकमा पाँच वर्षका लागि हुने व्यवस्था गर्नु बजेटको निकै सकारात्मक पक्ष हो ।

२. राजस्व अनुसन्धान, कर लगायतमा बैंक ग्यारेन्टी राखेर मुद्दा लड्न पाइने व्यवस्था यो बजेटको अर्को सकारात्मक पक्ष हो । यसले आर्थिक मुद्दामा फौजदारी अपराधीलाई जस्तो व्यवहार गर्न नहुने निजी क्षेत्रको माग सम्बोधन भएको छ ।

३. मूल्य अभिवृद्धिकरको हिसाब राख्ने खाता प्रमाणीकरण गर्न नपर्ने व्यवस्थालाई संघले बजेटको सकारात्मक पक्षको रुपमा लिएको छ ।

४. कारोबार मूल्यलाई मान्यता दिने व्यवस्था पनि निजी क्षेत्रको माग अनुरुप छ । यसले न्यून बिजकीकरण हुने र भ्याट बिल जारी नगर्ने परिपाटीको अन्त्य गरी राजस्व संकलन अभिवृद्धिमा योगदान पुग्नेछ ।

५. कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै दिने व्यवस्था पनि बजेटको सकारात्मक पक्ष हो ।

६. कतिपय वस्तुको भन्सार महसुल र अन्तः शुल्कका दरहरु घटाउनुलाई पनि संघले सकारात्मक रुपमा लिएको ।

७. ढुवानी साधनको भाडा, ढुवानी सेवा तथा कार्गो सेवालाई भ्याटमुक्त गर्ने कदम पनि बजेटको सकारात्मक पक्ष हो ।

८. कृषि क्षेत्रलाई महत्वका साथ बजेट विनियोजन गर्नुलाई पनि संघले सकारात्मक मानेको छ ।

९. विद्युतीय सवारी साधनमा अन्तःशुल्क भन्सार महसुलमा उल्लेख्य कटौती गर्नु स्वागतयोग्य छ ।

यस्तै संघका अनुसार बजेटका कमजोरी पक्षमा

१. निजी क्षेत्रले भ्याटमा बहुदर कायम गर्नुपर्ने माग लामो समयदेखि गर्दै आएको र राजस्व प्रशासनका उच्च अधिकारीहरुले समेत यसलाई आवश्यक ठाने पनि प्रशासनिक झन्झट हुन्छ भनेर उक्त माग सम्बोधन नहुने यो बजेटको कमजोर पक्ष हो ।

२. सम्पत्ति शुद्धीकरण ऐन कार्यान्वयनमा आइसकेको परिप्रेक्ष्यमा एकपटक सम्पूर्ण नेपालीलाई आफूसँग भएको सम्पत्ति अभिलेखीकरण गर्ने मौका दिनु उचित हुने माग निजी क्षेत्रले राख्दै आए पनि बजेटले त्यसलाई उपेक्षा गरेको देखिएको छ ।

संघका अनुसार समग्रमा आगामी आवको बजेटले आम नागरिकदेखि उद्यमी व्यवसायीसम्ममा उत्साह जगाउने काम गरेको जनाएको छ । बजेटमार्फत अघि सारिएका नीति र कार्यक्रमको कार्यान्वयन प्रभावकारी भएन भने त्यसले कुनै नतिजा ल्याउने नसक्ने संघको धारणा छ ।

वि.सं.२०७८ जेठ १९ बुधवार १४:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...