back
NMB ad

भौतिक मन्त्रालयले सार्वजनिक गर्‍यो सडक-पुलका लागि बजेट, तपाईंकाे घर नजिकको सडकलाई कति पर्‍यो ? (पूर्ण विवरण)

Kumari bank ad

काठमाडौं । आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ खर्ब ६२ अर्ब ५० करोड  ७९ लाख रुपैयाँ बजेट पाएको छ ।

मन्त्रालयले चालु आवको लागि १ खर्ब ३४ अर्ब ८० करोड बजेट पाएको थियो । चालु आवको तुलनामा आगामी आवको लागि २८ अर्ब बढी बजेट पाएको मन्त्रालयले साउन १ गतेबाट नै बजेट कार्यान्वनमा जानेगरी कार्य याेजना बनाएकाे छ । त्यसको लागि कुन आयोजनाको लागि कति बजेट दिने भनेर छुट्याइसकेकाे  छ । मन्त्रालयल अन्तर्गत बजेटमा २८ वटा योजना रहेकाे छन् । ती सबै याेजनालाइ बजेट छुट्याएकाे मन्त्री वसन्त कुमार नेम्वाङले बताउनु भयाे ।

जसमा पूर्व-पश्चिाम राजमार्गलाई सुरक्षा मापदण्ड सहितको चार लेनमा विस्तार गरिने, बाँकी खण्डहरुको विस्तुत अध्ययन गरि निर्माण कार्य गरिने आवश्यक स्थानहरुमा सर्भिस लेन, अण्डरपास तथा फ्लाइओभर, चुरे क्षेत्रमा टनेल र वन क्षेत्रमा वन्यजन्तु टनेल समेत निर्माण गरिने भएको छ ।

जसअन्तर्गत कमला कञ्चनपुर सडकको लागि ७ अर्ब ५४ करोड ७३ लाख र नारायणघाट बुटवल सडक खण्डको स्तरोन्नती र निर्माणका लागि ६अर्ब २४ करोड १३ लाख तथा काकरभिट्टा इनरुवा, पथलैया नारायणघाट सडक खण्डका लागि १ अर्ब ३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै पुष्पलाल राजमार्ग निर्माण तथा स्तरोन्नतिका लागि ८ अर्ब १३ करोड ४४ लाख, मदन भण्डारी राजमार्गको निर्माण तथा स्तरोन्नतिका लागि ३ अर्ब ४९ करोड ६८ लाख, हुलाकी राजमार्गमा तथा त्यहाँ रहेको पुल समेत निर्माण तथा स्तरोन्नतिका लागि ६अर्ब ३१ करोड ३३ लाख रुपैयाँ छुट्याएको छ ।

सडक सुधार आयोजनाका लागि भारतीय एक्जिम बैंकको ऋण सहायतामा ११ अर्ब ८६करोड ३४ लाख, काठमाडौं– तराई मधेश द्रुत मार्ग निर्माणको लागि ८ अर्ब ८४ करोड ४ लाख, प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नति कार्यक्रमका लागि ७ अर्ब, नागढुङ्गा-मुग्लिन सडक मार्ग विस्तारका लागि ६अर्ब ६० करोड, मुग्लिंग-पोखरा सडक विस्तार र स्तरोन्नतिका लागि ५ अर्ब ३१ करोड ३३ लाख रुपैयाँ छुट्याईएको छ ।

वी.पी.राजमार्ग अन्तर्गत सुर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजनाका लागि ९१ करोड ७६लाख, सुर्यविनायक धुलिखेल र कोटेश्वर बानेश्वर त्रिपुरेश्वर सडकको लागि २ अर्ब ३० करोड, औद्योगिक कोरिडोर (व्यापारीक मार्ग) विस्तार आयोजनाका लागि २ अर्ब १६करोड ८० लाख रुपैया रहेको छ । यसमा पुर्व-पश्चिम राजमार्गबाट तराई(मधेशका १८ जिल्लामा जिल्ला सदरमुकाम हुँदै दक्षिणी सीमा जोड्ने सडकलाई विस्तार गरिनेछ ।

बाहिरी चक्रपथ विस्तार आयोजनाका लागि २ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ रहेको छ । जस अन्तर्गत कलंकी देखि महाराजगञ्ज-धोवीखोलाको सडक विस्तार गरिने छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका लागि ९ अर्ब ८४ लाख ७९ हजार, सुरुङ्ग मार्ग विकास कार्यक्रम अन्तर्गत सिद्धवावा सुरुङ्ग मार्ग निर्माण र लामावगर-लाप्चे सुरुङ्ग मार्ग निर्माण, टोखा-छहरे-गुर्जुभज्याङ, वेत्रावती-स्याफ्रुवेशी, खुर्कोट-चियावारी र थानकोट-चित्लाङ्ग सुरुङ्गमार्ग, मझिम्तार-शक्तिखोर, नयाँ बानेश्वरमा अन्डरपास, प्रबास-जोर्ते (पाल्पा) सडक सुरुङ्गमार्ग, गौशाला अन्डरपास, बबई-छिन्चु, ताथली‍-रविओपी सुरुङ्गमार्ग, दुम्कीबास-बर्दघाट तथा अन्य सुरुंग मार्ग निर्माणका लागि १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ रहेको छ ।

उत्तर-दक्षिण राजमार्ग निर्माण तथा स्तरोन्नती अन्तर्गत महाकाली कोरिडोर (ब्रम्हदेव-झुलाघाट-दार्चुला-टिङकर) का लागि १ अर्ब ३ करोड, सेती राजमार्ग (टिकापुर‍-लोडे-चैनपुर-ताक्लाकोट) आयोजनाका लागि ६१ करोढ ४६लाख उत्तर दक्षिण राजमार्ग-कर्णाली, कालीगण्डकी र कोशी० आयोजनाका लागि क्रमशः ४ अर्ब १२ करोड ६६ लाख र ६० करोड रुपैयाँ रहेको छ ।

भेरी करिडोर (जाजरकोट-दुनै-मरिम-तिन्जे धो) का लागि ६० करोड ६७ लाख, डुम्रे-बेशीशहर-चामे-मनाङ सडकका लागि क्रमशः ६१ करोड ४८ लाख र २० करोड, गल्छी-त्रिशुली-मैलुङ्ग-स्याफ्रुवेशी-रसुवागढी सडक आयोजनाका लागि १ अर्ब ६२ करोड १७ लाख, मिर्चैया कटारी घुर्मी सडकका लागि ७० करोड, सगरमाथा राजमार्गका लागि २५ करोड ९७ लाख, चतरा मूलघाट माझीटार दोभान ओलांगचुंगगोला-तमोर कोरिडोर) का लागि १ अर्ब ५० करोड, केचना कंचनजंघा सडकको लागि ५५ करोड र अरुण करिडोरका लागि १८ करोड रुपैयाँ रहेको छ ।

यस्तै अन्य महत्वपूर्ण राजमार्गरसडक अन्तर्गत कान्ति लोकपथका लागि ३१ करोड १८ लाख, कक्रहवा-रुद्रपुर-सालझण्डी-सन्धिखर्क- ढोरपाटन सडकका लागि ३५ करोड ९४ लाख, शहिद मार्ग (घोराही-नुवागाउँ-तिला-घर्तिगाउ-थवाङ-मुसिकोट-मैकोट)
निर्माण तथा स्तरोन्नतिका लागि ५६ करोढ २६लाख, चमक चिसापानीका लागि ३० करोड, मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडकको लागि ३५ करोड, स्वर्ण सगरमाथा वृहत चक्रपथ (ओखलढुंगा-सोलु सल्लेरी-खोटाङ दिक्तेल-ओखलढुंगा) का लागि ४२ करोड, काठमाडौं उपत्यका सडक विस्तारका लागि ६३ करोड ९६ लाख, चेपाङ मार्ग (ठोरी–भण्डरा–लोथर–मलेखुु) सडकको लागि २० करोड रकम छुट्याएको छ ।

विभिन्न पुल निर्माण तथा विकाश कार्यक्रमका लागि पनि मन्त्रालयले बजेट छुट्याएको छ । जसमा महाकाली पुुलका लागि ९० करोड ८४ लाख, स्थानीय ३ सय वटा सडक पुलको लागि ६ अर्ब ९५ करोड २१, रणनैतिक सडक पुल पुलेसा निर्माणका लागि ४ अर्ब १४ करोड ९२ लाख, दोस्रो पुल तथा सुधारको लागि ५५ करोड रकम छुु्ट्याएको छ ।

फ्लाईओभर तथा अण्डरपास निर्माण तथा विकास कार्यक्रम अन्तर्गत ग्वार्को, सातदोबाटो, एकान्तकुनामा फ्लाईओभर निर्माण तथा कोटेश्वोर जडिबुटीमा अण्डरपास निर्माणका लागि ६ करोड, सडक सुरक्षा सम्बन्धि निर्माणको लागि ५० करोड, सडक स्तरोन्नति तथा पुनर्स्थापनारमर्मत(सम्भार कार्यक्रमका लागि ८ अर्ब ३ करोड ६७ लाख र सडक बोर्डका लागि ७ अर्ब २५ करोड, वैकल्पिक राजमार्ग विकासको लागि ४ अर्ब ५१ करोड ६६ लाख, निर्वाचन क्षेत्र रणनैतिक सडक निर्माणका लागि २ अर्ब ६करोड ६७ लाख रुपैयाँ छुुट्याएको छ ।

यस्तै सडक पूर्वाधार विकास कार्यक्रम अन्तर्गन १ अर्ब ९४ करोड ७४ लाख, तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत १ अर्ब ५४ करोड ९६ लाख रुपैयाँ छुट्याएको छ । यस्तै रेलमार्ग निर्माण, अध्ययन तथा रेल सेवा सञ्चालनका लागि १० अर्ब ३ करोड ३६लाख, यातायात व्यवस्था तथा नियमनको लागि २ अर्ब ३० करोड ५५ लाख र जलमार्ग सम्बन्धि अध्ययन निर्माण एंव आवश्यक नियमनका लागि ८ करोड ६७ लाख रुपैयाँ छुुट्याईएको छ । २०७८-७९ को बजेट कार्यान्वयन कार्ययोजना तयार भईसकेको  जनाएकाे छ । यसबाट आगामि आर्थिक वर्षका उपरोक्त कार्यक्रर्महरुको समयसिमा भित्र कार्यान्वयन हुने मंत्रालयले अपेक्षा गरेको जनाएको छ ।

वि.सं.२०७८ जेठ १९ बुधवार १९:०४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...