back
NMB ad

राष्ट्र बैंककाे नयाँ व्यवस्थाले विदेशी लगानी आकर्षित, पूर्वाधारमा लगानी बढ्छः सिविफिन

Kumari bank ad

काठमाडौं । नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) राष्ट्र बैंकद्वारा जारी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा विदेशी लगानी सम्बन्धी गरिएको व्यवस्था सकारात्मक रहेको जनाएको छ ।

राष्ट्र बैंकले विदेशी लगानी ल्याउनको लागि गरेको नयाँ नीतिगत व्यवस्थाले विदेशी लगानी आकर्षित हुने, विभिन्न पूर्वाधारमा लगानी भइ आर्थिक क्रियाकलाप बढ्ने, रोजगारी सिर्जना हुने र समग्रमा दिगो आर्थिक बृद्धि तथा विकासमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने आम नेपालीको राष्ट्रिय अभियानमा ठोस योगदान पुग्नेमा सिविफिन आशावादी रहेको विज्ञप्तिमा उल्लेख छ ।

परिसंघले विगतदेखि नै उठाइरहेको विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृति पाएको अवस्थामा नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति आवश्यक नपर्ने व्यवस्था गर्नुपर्छ भन्ने धारणासहित गभर्नर महाप्रसाद अधिकारीसमक्ष गत असार २८ गते र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँत गत पुस १९ गते पेश गरिएको सुझाव सम्बोधन भएको जनाएको छ ।

जारी विज्ञप्तिमा यो नीतिगत रुपमा व्यवस्था भएकोले नेपालमा विदेशी लगानी ल्याउन सहज हुने र देशले अहिले भोगिरहेको लगानी अभावको निमित्त मार्ग प्रशस्त गर्ने सिविफिनले अपेक्षा गरेको उल्लेख छ ।

कोरोना भाइरस संक्रमण र सन्त्रासका कारण विश्व अर्थतन्त्रमा नै मन्दी आइरहेकोे छ । विश्वका धेरै देशले कोभिड विरुद्धको खोप लगाउन थालिसकेका छन् । नेपालले पनि कोभिड विरुद्धको खोप लगाउन थालेको र कोभिड विरुद्धको खोप लगाउन थालेपछि आर्थिक क्रियाकलापले गति लिने कुरामा दुईमत नरहेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक गतिविधि बढाउनको लागि ठूलो मात्रामा लगानीको आवश्यकता पर्ने र सरकारले लिएको दीर्घकालिन सोच र चालु १५ औं पञ्चवर्षीय योजनाले लिएका लक्ष्य पूरा गर्नको लागि पनि ठूलो परिमाणमा लगानी परिचालन गर्नुपर्ने आवश्यकता देखिएको सिविफिनको भनाइ छ ।

कोभिड महामारीपछि विश्वका धेरै देशले लगानी आकर्षित गर्न विभिन्न प्रकारका योजना र राहत कार्यक्रमहरु संचालन गरिरहेको सन्दर्भमा नेपाल जस्तो देशले पनि बैदेशिक लगानी आकर्षित गर्न सहज लगानी मैत्री नीतिगत व्यवस्था र वातावरण सृजना गर्नु अत्यावश्क रहेको उल्लेख छ ।

वि.सं.२०७८ जेठ २६ बुधवार १७:१४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...