back
NMB ad

असार ६ गतेदेखि एनआईसी एशिया र सांग्रिला बैंकले ऋणपत्र बिक्री गर्ने, कुनको कति पाइन्छ ब्याजदर ?

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेण्ट बैंकले आउँदो असार ६ गतेदेखि दुई बैंकको ऋणपत्र बिक्री गर्ने भएका छन् ।

एनआईसी एशियाले १० वर्षे अवधिका लागि वार्षिक ८.५ प्रतिशत ब्याजदरको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ ।जसमध्ये सर्वसाधरणमा १२ लाख कित्ता र १८ लाख कित्ता व्यक्तिगत तवबरबाट विभिन्न संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।

छिटोमा असार ९ गते र ढिलोमा असार २० गतेसम्म बिक्रीमा रहने उक्त ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । प्रतिऋणपत्र १ हजार रुपैयाँ रहेको छ । उक्त ऋणपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

उक्त ऋणपत्रमा बिक्री प्रबन्धकसंगै आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्था र शाखा कार्यालय, मेरो सेयरमार्फात आवेदन दिन सकिने छ ।

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले १० वर्षे अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर भएको ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ ।

जसमध्ये ३ लाख कित्ता सामूहिक लगानी कोषसहित सर्वसाधरणका लागि र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ/संस्थाहरुलाई बिक्री गर्ने बैंक जनाएको छ ।

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित गरिएको बैंकले जनाएको छ । उक्त ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

उक्त ऋणपत्र खरिदका लागि न्युनतम २५ देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । आवेदन छिटोमा असार ९ र ढिलोमा असार २० गतेसम्म आवेदन दिनु सकिने छ ।

वि.सं.२०७८ जेठ २८ शुक्रवार १२:५१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...