back
NMB ad

‘सहकारी क्षेत्रको प्रभावकारिता बढाउनका लागि स्थानीय तहलाई सक्रिय बनाउनुपर्छ’

Kumari bank ad

काठमाडौं । संविधानमा व्यवस्था भएको तीन खम्बे अर्थनीति अनुसार सहकारी क्षेत्रको प्रभावकारिता बढाउनका लागि स्थानीय तहलाई सक्रिय र सुविधा सम्पन्न बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँ बानेश्वर काठमाडौंले शुक्रवार भर्चुअल रुपमा आयोजना गरेको सहकारीको पाठ्यक्रम स्तरोन्नतीका लागि सरोकारवालाहरुसंगको एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले स्थानीय तहको सक्रियतामा जोड दिएका हुन् ।

डिभिजन सहकारी कार्यालयहरु खारेज भएपछि सहकारी क्षेत्र अन्यौलग्रस्त बनेको छ, स्थानीय तहमा कर्मचारीको अभाव, भएका कर्मचारीहरु पनि सहकारी सम्बन्धमा दक्ष नभएका कारणले सहकारीको प्रवद्र्धन हुन नसकेको सहभागीहरुले बताए ।

संविधानको मर्म र भावना, राज्यले लिएको लक्ष्य पुरा गर्नका लागि सहकारीको भूमिका प्रभावकारी हुन आवश्यक छ, तर सहकारीको प्रवद्र्धन र विकासको काम अलमलिएका कारण सहकारीले सोचे जति काम गर्न सकिरहेको छैन, सहभागीहरुको भनाइ छ,–‘सहकारीको भूमिकालाई थप प्रभावकारी बनाउदै देशमा विद्यमान गरिवी निवारणमा सहकारीको योगदान बढाउनका लागि स्थानीय तहलाई सवल, सक्षम बनाउनुका साथै बजेट विनियोजन गर्ने र त्यसलाई कार्यान्वयनमा जोड दिनु पर्छ ।’

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र, सहकारी विभाग, प्रदेश सहकारी विभाग तथा सहकारी अभियानका निकायहरुबीच समन्वय गर्दै सहकारीको प्रवद्र्धन हुने खालका पाठ्यक्रम तयार पारेर स्थानीय तह मार्फत परिचालन गर्नु पर्ने सुझाव सहभागीहरुले दिएका थिए ।

कार्यक्रममा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य पार्वती अर्यालले सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको संक्षिप्त परिचय एवं हाल सञ्चालनमा रहेका तालिमको पाठ्यक्रम सम्बन्धमा अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो ।

उहाँले सहकारी क्षेत्रलाई व्यवस्थित, प्रभावकारी र प्रतिफलमुखी बनाउनका लागि सहकारीको पाठ्यसामग्रीलाई समयानुकुल बनाउन सातै प्रदेशका प्रदेश सहकारी विभाग, स्थानीय तह र सहकारी अभियानसंग सुझावका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

देशमा सुशासनयुक्त सहकारी संस्कृतिको निर्माण गर्ने दृष्टिकोण तथा शिक्षा, सूचना, तालिम र अनुसन्धानमुलक क्रियाकलापहरुलाई आधुनिक एवं वैज्ञानिक बनाउदै सहकारी क्षेत्रमा आवद्ध जनशक्तिको व्यवस्थापकीय क्षमतामा गुणस्तरीय परिवर्तन सुनिश्चितता ल्याउन सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र निरन्तर क्रियाशिल रहेको अर्यालको भनाइ छ ।

कार्यक्रममा पूर्व सचिव विष्णु प्रसाद लम्सालले अवधारणा पत्रमा टिप्पणी गर्दै तालिममार्फत सहकारी क्षेत्रमा क्रियाशिल सहकारीकर्मीहरुको ज्ञान, सीप र व्यवहार परिवर्तनमा जोड दिनुभयो । उहाले अबको सहकारी शिक्षामा सफल सहकारीहरुका उदाहरणहरुलाई समेत समेट्नु सुझाव दिनुभयो ।

गण्डकी प्रदेश सहकारी रजिष्टार कार्यालयका रजिष्टार उदय बहादुर पराजुलीले हाल सञ्चालित तालिमहरुलाई थप प्रभावकारी बनाउनुका साथै तालिमले सहकारी संघ संस्थाहरुको योजना निर्माणमा सुधार ल्याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, जिल्ला सहकारी संघ लम्जुङका अध्यक्ष विजय गुरुङ, जिल्ला सहकारी संघ तनहुका सचिव मदन पण्डित, वचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष भेषराज बराल, बचत तथा ऋण सहकारी संघ लम्जुङका अध्यक्ष दुर्गाभक्त धमला, बचत तथा ऋण सहकारी संघ स्याङ्जाका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, जिल्ला सहकारी संघ कास्कीका निवर्तमान सञ्चालक संगिता गौतम तिमल्सिना, फलेवास नगरपालिका पर्वतका देवी प्रसाद तिमिल्सिना, देवचुली नगरपालिका नवलपुरका शिव सापकोटा, सहकारीकर्मी भरत चिन्तन ढकाल लगायतले अवधारणा पत्रमाथि सुझाव दिनु भएको थियो ।

गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, प्रदेश अन्तरगतका विभिन्न पालिकाका प्रतिनिधि, सहकारी अभियानकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७८ जेठ २८ शुक्रवार १७:२२ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...