back
NMB ad

ठूला लगानीकर्ताको नाममा सेयर खरिद गर्दा चलखेल गर्ने गिरोहका दिन सकियो, बन्द भयो एओएन

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबार (जेठ ३० गते) बाट ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) को खरिद तर्फ रहेको अल अर नन (एओएन) सुविधा हटाइएको छ ।

नेप्सेले सेयर खरिद तथा बिक्री तर्फ रहेकाे एओएन खरिद तर्फबाट हटाएको हो । तर सेयर बिक्री तर्फ भने एओएन सुविधा यथावत रहेको छ । यो सँगै सेयर बजारमा ठूला लगानीकर्ताले ब्रोकरसँगको पहुँचका आधारमा सेयर खरिदको नाममा चलखेल गर्ने काम बन्द भएको छ ।

पछिल्लो करिब ४ साता यता केही ठूला भनिएका ब्रोकरको पहुँचवाला लगानीकर्ताले ब्रोकरसँगको मिलेमतोमा सेयर खरिद गर्दा अत्याधिक चलखेल गरेको गुनासो आएपछि नेप्सेले यो निर्णय लिएको बताइएको छ ।

त्यस्ता लगानीकर्तालाई ब्रोकरले जति पनि लिमिट दिने भएकाले धेरै कित्ता सेयर खरिदको लागि अर्डर हाल्ने र बजारमा कृत्रिम अभाव सृजना गरी चलखेल गरेर सोझा लगानीकर्तालाई फसाउने काम भएको थियो । अब त्यो काम अन्त्य हुने जानकारहरुको तर्क छ । धितोपत्र बोर्डले पनि नेप्सेलाई बिहीबार एओएन बन्द गर्न निर्देशन दिएको थियो ।

वि.सं.२०७८ जेठ ३० आइतवार १३:४४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...