back
NMB ad

देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टकाे शिलान्यासः दैनिक ६० मेट्रिकटन उत्पादन हुने, व्यापारघाटा घट्ने

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ ।

शिलान्यासपछि कार्यक्रममा उहाँले कोभिड-१९ महामारीको दोस्रो लहर सुरुभएपछि अक्सिजनको तिव्र अभाव ब्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताउनुभयो ।

कोभिड-१९ सिर्जित विकट परिस्थितिले यस कार्यमा प्रेरित गरेको पनि प्रधानमन्त्रीले बताउनुभयो । ‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो’ उहाँले भन्नुभयो ‘त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं ।’

अचानक बढेको उच्च मागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचना समेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयातगर्ने लगायतका काम समेत गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । त्यस अवस्थामा सरकारले देश भित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय सैय्या भन्दाबढी भएका अस्पतालले अनिवार्य रुपमा आफैले अक्सिजनप्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

महामारीको समयमा त्यसबाट पनि नपुग्ने देखिएकोले लिक्वीड अक्सिजनप्लान्ट राख्ने निश्कर्षमा सरकार पुगेको जानकारी प्रधानमन्त्रीले दिनुभयो । दोस्रो लहर उचाइमा चढिरेहको बेला लिक्वीड अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास सह्रानीय एवं देशप्रति उत्तरदायी भावनायुक्त भएको ओलीले बताउनुभयो ।

यसका साथै प्रधानमन्त्रीले कोरोना महामारीबाट अविभावक बिहीन भएका बालबालिकलाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारी दिनुभएको छ । ‘यसबारे अध्ययन हुुँदैछ र त्यस अनुसार आवश्यक कदम चालिनेछ’, उहाँले भन्नुभयो । अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफलपार्न सरकारका तर्फबाट भन्सार छुृट लगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी प्रधानमन्त्री ओलीले दिनुभयो ।

आगामी दिनमा कोभिड-१९ को महामारी हटिसकेपछि अक्सिजन प्लान्टबाट उत्पादन हुने अधिक मात्राको अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्नसक्ने बताउँदै उहाँले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने समेत बताउनुभयो ।

अक्सिजन प्लाण्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउन समेत सहज हुने भनाई उहाँको रहेको छ । छिमेकी देशका आवश्यकता र औद्योगिककरणकालागि पनि अक्सिजनको खपत बढने समेत उहाँको तर्क छ । रुपन्देहीको सिमरहवामा स्थापित यो प्लान्टबाट प्रति दिनकुल ६० मेिट्रकटन उत्पादन हुन्छ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ ।

वि.सं.२०७८ जेठ ३० आइतवार १५:०३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...