back
NMB ad

लुम्बिनी प्रदेशले रुपान्तरण गर्यो कृषिको अनुदान, ८ वस्तुको प्रोत्साहनका लागि साढे ३२ करोड

Kumari bank ad

काठमाडौं । लुम्बिनी प्रदेशले हाल उत्पादन सामाग्रिमा दिँदैै आएको अनुदानलाई प्रतिफलमा आधारित कार्यक्रममा रुपान्तरण गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो बताइएको हो ।

उक्त कार्यक्रमलाई थप परिस्कृत तथा परिमार्जन गरी विशेष बालीवस्तुहरु मा चैत धान, हिँउदे तथा वसन्ते मकै, मसिना तथा वासनादार धान, तोरी, मुसुरो, मह, दुध र माछामा प्रतिफलमा आधारित प्रोत्साहन कार्यक्रम सुरु गर्ने भएको छ । यसको लागि ३२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रदेशमा कोरोना विशेष कृषि तथा पशुपञ्छी उत्पादनमा आधारित व्यवसाय सञ्चालनका लागि ११ अर्ब बजेट विनियोजन गरेको छ । यसबाट कम्तीमा २२ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा रहेको छ । सरकारले कृषि प्राविधिक सेवामा कृषकको पहुँच नामक नयाँ कार्यक्रमको लागि ३३ करोड विनियोजन गरेको छ । यसले १०९२ जना प्रत्यक्ष रोजगार हुने बताइएको छ ।

प्रदेशले स्मार्ट कृषि गाँउ कार्यक्रमको लागि ३५ करोड, हाल ९२० हेक्टरमा रहेको करार खेतीलाई १२०० हेक्टरसम्म विस्तार गर्नका लागि ५ करोड, खोरेत रोग उन्मूलन अभियानको लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

एक जिल्ला एक स्रोत केन्द्रका लागि ५ करोड, पहाडी जिल्लाहरुमा प्याज लगायतका तरकारी बिउ र तराईमा अन्न, दलहन तथा तेलहन बालीको बिउ प्रवद्र्धन कार्यक्रमको लागि ३ करोड, निजी तथा सहकारी संस्थाहरुको सहकार्यमा व्यवसायिक धान प्रवद्र्धन कार्यक्रमका लािग ६ करोड तथा ८०९ जना कृषिकर्मीको रोजगारी सुनिश्चित गर्ने गरी कृषिकर्मी रोजगार कार्यक्रमको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

वि.सं.२०७८ असार २ बुधवार १३:५९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...