back
NMB ad

पुरुषसरह समान ज्याला पाउनुपर्ने महिला श्रमिकको माग

Kumari bank ad

हेटौंडा । कुनै पनि क्षेत्रमा काम गर्ने महिला श्रमिकले पुरुषसरहसमान ज्याला, बिमा, सामाजिक सुरक्षाको ग्यारेन्टी लगायतका विषय हुनुपर्ने भन्दै महिला श्रमिकहरुले यो विषयलाई जोडदाररुपमा उठान गरेका छन् । नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपालको २० औ स्थापना दिवस तथा पहिलो राष्ट्रिय महिला नीति सम्मेलनमा सहभागी महिला श्रमिक नेताहरुले यो आवाज उठाएका हुन् ।

नीति सम्मेलन उद्घाटन गर्दै नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का उप–महासचिव जनक चौधरीले समयसापेक्षरुपमा श्रमिकको समस्या र चुनौति थपिएको भन्दै महिला श्रमिकहरु विचार र शिपले पोख्त हुनुपर्ने भनाई राखे । श्रमिकले आफ्नो तत्कालको ज्यालादेखि भविष्यसम्मलाई ख्याल गरेर अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा क्युपेक नेपालका अध्यक्ष नरनाथ लुइँटेलले महिला श्रमिकको ज्याला, सामाजिक सुरक्षा, बिमा लगायतका विषय पुरुष सरह बनाईनुपर्ने र आफुहरु यस अभियानमा रहेको बताए । उनले महिला श्रमिकको क्षमता बढाउने कार्यक्रम ल्याईने पनि जानकारी दिए ।
कार्यक्रममा जिफन्ट नारायणी अञ्चल अध्यक्ष कमलेश झा, यूनिट्राभका महासचिव सुमन पराजुली, क्युपेक नेपालका प्रतिनिधि परिषद सम्योजक चन्द्र गुरुङ, जिफन्ट बरिस्ठ युनियन परिषद सदस्य गोमा तिमल्सिना, मकवानपुर एमाले अध्यक्ष मुनु सिग्देल लगायतले श्रमिकले भोग्नुपरेको समस्या र समस्या समाधानका लागि चाल्नुपर्ने कदमबारे आ–आफ्नो धारणा राखेका थिए । क्युपेक नेपालका महिला सचिव शान्ता बस्नेतले श्रमिक महिलाका अधिकार स्थापीत गराउन नीति सम्मेलन गरिएको जानकारी दिंदै महिला ससक्तिकरण नीति अगाडि बढाउन लागिएको बताए ।

कार्यक्रममा श्रम क्षेत्र र ट्रेड यूनियन गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ५ जना महिला श्रमिक नेतालाई सम्मान गरिएको थियो । मकवानपुरमा भईरहेको सम्मेलनमा २०० जना महिला प्रतिनिधिको सहभागीता रहेको छ ।

१९ जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ १९ बुधवार १०:५९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...