back
NMB ad

प्रदेश २ का प्रमुख डा. राजेश अहिराज राहत लिएर आफै पुगे पीडितको घरमा

Kumari bank ad

जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश अहिराज माछा फार्मको पोखरीमा डुबेर ज्यान गुमाएका पाँच बालिकाको घरमा राहत लिएर जानु भएको छ ।

क्लोथ बैंक नेपालको सहकार्यमा वितरण गरिएको राहत लिएर छोरी गुमाएका परिवारको घरमा जानु भएको हो । धनुषाको मुखियापट्टी मुसहरनियाको लक्ष्मीपुरको माछा फार्मको पोखरीमा डुबेर एकै परिवारका ५ जना छोरीको ज्यान गएको थियो । उनीहरुको परिवारलाई खाद्यन्न तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

प्रदेश २ प्रमुख डा. अहिराजको व्यक्तिगत तबरबाट प्रति परिवारलाई एक/एक क्वीन्टल चामल र बैंकको तर्फबाट लुगा, झुल, कम्वल, मास्क, सेनिटाइजर र साबुन लगायतका सामग्री वितरण गरिएको छ ।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको स्थानीय हुलाश यादवको बन्न लागेको माछा फार्मको पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको मृत्यु भएको थियो ।

प्रदेश प्रमुख डा. अहिराजले पाँचै जनाको घर–घरमै पुगेर घटना बारे जानकारी समेत लिनु भएको छ ।

वि.सं.२०७८ असार ४ शुक्रवार १४:०६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...