back
NMB ad

उपप्रम पौडेलको चासोपछि सेयर बजारमा उछाल, लगानीकर्तामा बढ्यो मनोबल

Kumari bank ad

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेयर बजारको विषयमा प्रत्यक्ष चासो देखाएपछि दोहोरो अंकको उछाल देखिएको छ ।

एक साता अघि धितोपत्र बोर्डले ५१ वटा कम्पनीको कारोबारमा इन्साईडर ट्रेडिङ, कर्नरिङ गरेर अस्वभाविक मूल्य बढाएको भन्दै सूचना निकालेपछि बजारमा निरन्तर गिरावट आएको थियो ।

बजारमा लगातार गिरावट आएर लगानीकर्ताको खर्बौ सम्पती गुमेपछि मन्त्री पौडेलले बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सोमबार मन्त्रालयमा बोलाएर त्यस विषयमा जानकारी लिनु भएको थियो । यसअघि लगानीकर्ताहरुले घाटा खाएर नै सेयर बिक्री गरेका थिए । अर्थ मन्त्रालयले नै चासो दिएपछि लगानीकर्ताहरुको मनोबल बढेको देखिएको छ ।

उपप्रम पौडेलले ५१ कम्पनीको बारेमा चासो देखाएपछि मंगलबार बजार उछाल देखिएको छ । मंगलबार बजार मापन गर्ने सूचक ७९.४३ अंकले बढेर परिसूचक २९१३.८४ बिन्दुमा रोकिएको छ । यो दिन २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.१९ अंकले बढेर ५३६.३४ बिन्दुमा रोकिएको छ । कारोबारमा सबै समूहको उपसूचकमा उल्लेख्य सुधार देखिएको छ । मंगलबार कारोबार रकमको आधारमा पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १ अर्ब ४९ करोड ३२ लाख ५३ हजार ७१२ रुपैयाँको सेयर किनबेच भएको छ ।

वि.सं.२०७८ असार ८ मंगलवार १५:०७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...