काठमाडौं । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ९० हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघले मंगलबारका लागि तेजावी सुनको मूल्य तोलामा ९० हजार १ सय रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ असार १५ मंगलवार १०:४७ मा प्रकाशित