back
NMB ad

पहिलो दिन नै युनियन लाइफको आईपीओमा साढे ४ लाखले दिए आवेदन

Kumari bank ad

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै ४ लाख ६१ हजार ३५६ जनाले आवेदन दिएका छन् । आइतबार ८२ करोड ४७ लाख ८८ हजार रुपैयाँको ८२ लाख ४७ हजार ८८० कित्ताको लागि अवेदन परेको छ ।

कम्पनीले आज (बिहीबार) देखि प्रतिकित्ता एक सय रुपैयाँको दरले ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

६४ लाख ५० हजार कित्तामा ३ लाख २२ हजार ५०० कित्ता कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता नै सामूहिक लागनीकोषलाई छुटयाईएको छ । सर्वसाधारणले ५८ लाख ५ हजार कित्तामा मात्रै आवेदन दिन पाउने छन् ।

न्यूनतम १० देखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन छिटोमा असार २८ गतेसम्म दिइसक्नुपर्ने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ७ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ दिएको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

वि.सं.२०७८ असार २४ बिहीवार १७:०९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...