काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।
कम्पनीले गत फागुन २५ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
एक सूचना निकाल्दै कम्पनीले फागुन १० गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा सेयर जम्मा गरिसकेको जानकारी दिएको छ । त्यसपश्चात सेयर अभौतिकीकरण गराउनेहरुको हकमा पनि हितग्राही खातामै सेयर जम्मा गरिने सूचनामा उल्लेख छ ।
कम्पनीले हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई यथाशिघ्र गराई आफ्नो बोनस सेयर सुरक्षित गर्न अनुरोध गरेको छ । कम्पनीको सेयर रजिष्ट्राररमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
वि.सं.२०७८ असार ३० बुधवार १३:३६ मा प्रकाशित